Logo

Student Corner

जिब्राकाे सही प्रयाेग

Written by: Aarjan Khadka - 29003, Grade V

Posted on: 16 February, 2022

अरु सबै अङ्गहरुको एउटा काम हुन्छ तर जिब्राको काम दुइटा हुन्छ । जिब्राको पहिलो काम भने गुलियो, अमिलो, नुनिलो वा तितो स्वाद थाहा पाउनु हो भने अर्को काम बोल्नु पनि हो । हामीले जिब्राले माग्दैमा धेरै मिठो कुरा खानु हुँदैन । हामीले मिठो कुरा मात्र पनि खानु हुँदैन किनभने सधैँ मिठो कुरा खाँदा हाम्रो स्वास्थ्यलाई असर गर्न सक्छ । त्यसैले नमिठो कुराहरु पन्छाउनु हुँदैन किनभने कहिलेकाहीँ औषधी जस्तो नमिठो कुराले पनि हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ । हामीले आफ्नो विचारहरु व्यक्त गर्न बोल्छौँ । हामीले सधैँ मिठो र नरम वचन बोल्नुपर्छ । हामीले अनावश्यक कुरा बोलेर आफ्नो शक्तिए खेर फाल्नु हुँदैन । हामीले रिसाउनेसँग पनि मिठो वचन बोल्नुपर्छ र आफ्ना वचनका लागिउ दु:खित हुन्छन् । हामीलाई जिब्राले धेरै कुरा सिकाउँछ । जिब्रो आफ्नो ठाउँमा मात्र बसे जस्तै हामीले पनि आफ्नो सीमामा नै बस्नु पर्छ । हामीले आफू वरिपरिको वातावरण राम्रोसँग चिन्नु पर्छ र खतराबाट जोगिनु पर्छ । हामीले नचाहिने कुरा बोल्नु हुँदैन, कसैसँग ठुलो स्वर गरेर पनि बोल्नु हुँदैन । जिब्राकाे गरिमा मिठाे बाेलीमा भन्ने भनाइबाट पनि हामीले मिठाे खानका लागि नभइ मिठाे बाेल्नका लागि जिब्राे प्रयाेग गरेमा सही प्रयाेग हुन्छ भन्ने बुझ्नुपर्छ ।