Logo

Student Corner

नदी हाम्री आमा (कथा समीक्षा)

Written by: Siddhartha Chaulagain - 30033, Grade IV

Posted on: 17 February, 2022

परिचय
नदी हाम्री आमा कथा बालकथासङ्ग्रहमा रहेकाे एउटा उत्कृष्ट कथा हाे ।यसमा अलिसा,मनिसा र उषा प्रमुख पात्र रहेका छन् । उनीहरू सहपाठी हुन् । यस कथामा नदीले गर्दा मानिसहरूलाई भएकाे फाइदाकाे बारेमा लेखिएकाे छ । 
पात्रहरू
यस कथामा  खराब पात्रहरू काेही पनि छैनन्  अलिसा,मनिषा र उषा यस कथाका प्रमुख पात्रहरू हुन भने उनीहरूका अभिभवक र विद्यालयका शिक्षकशिक्षिकाहरू सहायक पात्रहरू हुन् । 
कथावस्तु
नदी हाम्री आमा कथामा तिनजना साथीहरू अलिसा,मनिषा र उषा विद्यालय छुट्टीका दिन आफ्ना वरिपरि रहेका प्राकृतिक दृश्यहरू अवलाेकन गर्न निस्कन्छन् । उनीहरूले गहुँबारीमा गाेलाे ढुङ्गालाई देखेर छक्क पर्छन् । उनीहरूले नदी वरिपरि पनि ससान गाेलाकार ढुङ्गा देख्छन् । उनीहरूले ढुङ्गालाई नजिकबाट हेर्न नदी पारिपट्टि जान लाग्दा नदीकाे पिँधमा बालुवा र ससाना ढुङ्गाहरी नदीले गुड्क्याउँदै गरेकाे देख्छन् । उनीहरूलाई ज्ञान हुन्छ कि नदीले गुड्क्याउँदा ढुङ्गा गाेलाकार बन्दा रहेछन् । उनीहरूकी हजुरआमाले धेरै वर्ष अगाडि बाढी आएकाे कुरा गरेकाे सम्झेर गहुँबारीकाे गाेलाे ढुङ्गाे पनि नदीले नै गाेलाकार बनाएकाे कुरा गर्छन् । नदीकाे पानी पहिला धेरै भएकाे र पानी घट्दै गएर फाँट बनेकाे कुरा पनि उनीहरूले बुझ्दछन् । नदीकाे मुहानबाट खानेपानी सम्पूर्ण गाउँलेहरूलाई पुगेकाे कुरा उनीहरूले गरे । यसरी नदीले गर्दा गाउँलेहरूलाई कृषियाेग्य जमिन उपलब्ध गराएकाे, सिँचाइकाे लागि पानी दिएकाे र खानेपानी दिएकाले आमाजस्तै हाे भनिएकाे छ । 
परिवेश
यस कथाकाे परिवेश अलिसा,मनिषा र उषाकाे घर, विद्यालय,नदीकाे किनार, गहुँबारी हुन् । 
सिफारिस
याे कथामा नदीकाे महत्त्वका बारेमा कथाका माध्यमबाट बताइएकाे छ त्यसैले याे कथा पढ्न सिफारिस गर्दछु ।