Logo

Student Corner

Articles

Florence Nightingale
- Aaron Singh - 32035, Grade IV ... 27 July, 2023

We got to know about Florence Nightingale from our monthly reading book. I would like to share my understanding with everyone.
Florence Nightingale was born on May 12 in Florence, Italy. Her mother’s name was Frances and her father’s name was William Edward who all were in a wealthy family. She spent most of her childhood in Embley Park. Unlike many girls then, she got a better education than them from her father.
She thought of being a nurse but her family rejected the idea since it was known as a job for lower-class people and high-class people were meant to be well-married and work at home. But Florence Nightingale denied these things and devoted her life to nursing.
In 1850, she went to Germany to learn nursing. She rejected two marriage proposals to avoid it from interfering with her calling for health. In 1853, the Crimean War began against Russia and Britain. Florence was called to Istanbul, Turkey with a group of 32 to 38 nurses to care for the soldier's health.
She saw the poor health care and wanted to make a change. The soldiers were dying mostly due to diseases caused by lack of hygiene rather than injuries. She made huge changes which decreased the death rate by 2%.
She carried a lamp to keep an eye on the sick and injured soldiers at night, so she was called the lady with the lamp.
After the war ended she got very sick and went back home. Even when she was sick she worked from home. She spent her final days like that and on August 18 1910 she sadly passed away.


Read More
The Unforgettable Love For a Mom
- Saphal Pokharel - 31052, Grad ... 26 July, 2023

Once upon a time, there was a happy family. It was small because there were only three members living in the family: a son whose name was Shawn, a mom, and a father. One day, a terrifying accident happened. The mother died in a car accident. Due to the death of his mother, Shawn cried for a lot of days. So, the father had to marry another woman. Shawn begged and begged, saying, "Please, don’t marry another woman. If you marry another woman, you will regret it." The father declined his request not to marry another woman.
After a few weeks, he got engaged and finally got married. Shawn did not like the new mother because she was rude, made him do all of the chores in the house, always mentally and physically hurt him, and made fun of him. He would always cry before going to bed. It is not because his stepmother abuses him, it is because he misses his biological mother.
One day, the father went to another country to make some money. The day after his father went to another country, the stepmother got so angry because Shawn made a small mistake that she kicked him out of the house. Shawn got really sad. He had no hope left until he had the idea to go to the jungle to search for food like fruits.
One day, he actually went to the jungle. On the way, he met a lot of friendly animals like foxes, birds, rabbits, capybaras, monkeys, and many more. The deeper he went, the more animals he saw. Some animals even tried to kill him. He started to like the jungle, and he completely forgot about his stepmother.
After a lot of months living in the jungle, he got used to the language of the animals. He also made a bond of friendship between the animals, but there was only one black leopard who hated him and tried to kill him because the leopard got jealous because of the number of friends he had. Finally, one day, he and his friends got rid of the leopard. They were happy after that situation.


Read More
आमा
- Dison Dangol - 32048, Grade I ... 26 July, 2023

आमाले हामीलाई जन्म दिनुभयाे । आमा महान् व्यक्ति हुनुहुन्छ । आमा हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति पनि हुनुहुन्छ । जसले हामीलाई नाै महिना कोखमा राखेर अनेकौ दुःख, कष्ट, पीडा सहेर जन्म दिनुहुन्छ र अत्यन्त प्रेमपूर्वक लालन पालनगरि हुर्काउनुहुन्छ । आमाले हाम्रो सुख दुःखमा सामेल भई हरपल हाम्रो खुसीको लागि आफ्ना इच्छा चाहनाको त्याग गर्नुहुन्छ । आमा मात्र एक त्यस्तो व्यक्ति हनुहुन्छ जसले हाम्रो हरेक दुःख र पीडाको अनुभूति गर्न सक्नुहुन्छ र हामीलाई धैर्य गरी अघि बढ्न प्रेरित गर्नुहुन्छ । आमा हाम्रो जीवनको अनमाेल रत्न हुनुहुन्छ । आमाकाे काख एउटा त्यस्तो स्थान हो जहाँ हामी खुसी भई आफूलाई सुरक्षित महसुस गर्न सक्छौँ । आमाको त्यही न्यानो माया हाम्राे पहिलो पाठशाला हो । हामी सुरुमा आमाको हात समातेर हिँड्न र ताेते बोलीबाट बोल्ने गर्छाैँ । हामीले सबैकुरा एकएक गरेर आमासँग सिक्छाैँ । आमाले हाम्रो मनको  कुरा बुझेर हामीलाई सही गलत सम्झाएर ज्ञानी,गुनी,बुद्धिमानी,बनाई जीवनको लक्ष्यतिर अघि बढ्न हौसला प्रदान गर्नुहुन्छ । त्यसैगरी सामाजिक मूल्य, मान्यताहरू सिकाएर हामीलाई शिष्ट, भद्र, नैतिकवान बनाउनुहुन्छ । जसले गर्दा हामी सबैसँग राम्रो व्यवहार गर्न सक्छौँ । राष्ट्रको एक असल नागरिक बन्छौँ । आमा माया र ममताकी खानी  हुनुहुन्छ । जो आफ्नो सन्तानकाे मात्र नभई सम्पूर्ण परिवारको सुख, शान्ति र समृद्धिको लागि खटिरहने हुनुहुन्छ । आमा बिहान सबेरै उठ्ने, घरको सरसफाइ गर्ने, पूजापाठ गर्ने, खाना बनाएर सबैलाई खुवाउने, फूलबारीमा गोडमेल गर्ने आदि कामहरू गर्नुहुन्छ । थाकेको भएपनि नथाके झैँ गरी मुहारमा मुस्कान राखेर हरपल हाम्रो सेवामा तत्पर रहनुहुन्छ । आमा हाम्रो पहिलाे शिक्षक अनि घनिष्ट मित्र पनि हुनुहुन्छ । हामीलाई जीवन जिउने कला सिकाउनुहुन्छ ।


Read More
मेरो देश
- Saphal Pokharel - 31052, Grad ... 25 July, 2023

 "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" सबैलाई आफ्नो देश  जन्मभूमिको धेरै माया लाग्छ।  मलाई मेरो देश स्वर्ग जस्तै लाग्छ। आज म मेरो देशको बारेमा लेख्न गइरहेको छु । मेरो देश नेपाल हो।  नेपाल भारत र चीनको बिचमा छ ।  नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा ७ ओटा प्रदेश र ७७ ओटा जिल्लाहरू छन्। नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय चरा डाँफे हो । नेपालको राष्ट्रिय फूल लाली गुराँस हो ।
नेपाल एउटा सानो तर शान्त देश हो । नेपालमा धेरै जातजातिका मानिसहरू बसोबास गर्छन् नेपालमा धेरै भाषाहरू बोलिन्छ । नेपालमा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु छन् । नेपालमा सगरमाथा छ। नेपाललाई बुद्धको जन्मभूमि भनेर पनि चिनिन्छ। नेपालका  पहिलो राजा पृथ्वीनारायण शाह थिए । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल हुन् । नेपालमा बसोबास गर्ने मानिसहररू सहयोगी छन् ।नेपाल जलस्रोतमा विश्वको दोस्रो सबैभन्दा धनी देश हो । नेपालमा धेरै   पर्यटकीय क्षेत्रहहरू छन् । मलाई मेरो देश नेपालको धेरै माया लाग्छ ।


Read More
मेरो जन्मदिन
- Uddhati Bhattarai - 32040, Gr ... 24 July, 2023

मेरो जन्म जेठ ७ गतेकाे दिन भएको हो । मेरो जन्मदिन हरेक वर्ष घरमा नै  मनाइन्थ्यो । परिवार र साथीहरूसँग जन्मदिन मनाउँदा निकै रमाइलो हुन्थ्यो । त्यसैले जेष्ठ महिना लागेदेखि नै म निकै उत्साहित थिएँ । घरी घरी आमाले,”अब त ठुली भई किन जन्मदिन मनाउनुपर्‍याे ?” भन्नुहुन्थ्यो । आमाले मलाई जिस्काइरहनुभएको छ भन्ने मलाई थाहा थियो । त्यसैले म उत्साहित थिएँ र मनमनै मैले निम्ताे गर्ने साथीहरूका नाम पनि तयार गरिसकेकी थिएँ । टोलका साथीहरू र आफन्तका केटाकेटीहरूका नाम त आमालाई कण्ठै थियो । मेरो दादा विदेशमा पढ्न जानुभएको छ । एक वर्षको पढाइ सक्याएर उहाँ जेष्ठ ७ गते नै नेपाल आइपुग्ने कुरा थियो तर हामीलाई झुक्याएर उहाँ त ६ गते नै आइपुग्नुभयो । मेरा लागि धेरै चकलेट, लुगाहरू ल्याउनुभएको रहेछ । पाँच महिनापछि दादालाई भेट्दा म धेरै खुसी भएँ । ७ गते बिहान मेरो निन्द्रा अलि चाँडै खुल्यो । आज मेरो जन्मदिन पाे हो त भन्दै जुरुक्कै उठेँ । बाबा, आमाले टीका लगाइदिएर मलाई आशीर्वाद दिनुभयो । ज्ञानी बन्नु, राम्ररी पढ्नु र झगडा नगर्नु भन्नुभयो । मैले टाउको हल्लाएँ । म बेलुकाको कार्यक्रम सम्झिँदै उत्साहित भइरहेकी थिएँ । केही छुट्यो कि भन्ने चिन्ता लागिरहेको थियो । बाबाले त केक अर्डर गर्न नै बिर्सनु भएको रहेछ । मैले सम्झाएपछि हतार हतार पसलमा खबर गर्नुभयो ।  दिउँसाेकाे २ बजेतिर म र बाबा साथीहरूलाई लिन गयाैँ । फर्कंदाखेरि केक पनि सँगै लिएर आयौँ । हामी घर फर्कंदा आमा र दादा मिलेर कोठालाई झिलिमिली बनाइसक्नुभएछ । मिठा मिठा परिकारहरू पनि बनाइसक्नुभएछ । केही बेर म साथीहरूसँग खेलेँ । हामीले निम्तो गरेका सबैजना आइपुगेपछि मैले केक काटेँ । सबैले शुभकामना दिनुभयो । मैले धेरै उपहारहरू पनि पाएँ । साथीहरूसँग नाच्दा नाच्दा थकाइ नै लाग्याे । सबैले खाना खाइसकेपछि हामी फेरि साथीहरूलाई पुर्‍याउन गयौँ ।  घर फर्कदा साढे नौ बजिसकेको थियो । दिनभरिको रमाइलो सम्झिदै म सुत्न गएँ । मेरो जन्मदिनलाई यस्तो रमाइलो बनाइएकोमा बाबाआमालाई मनमनै धन्यवाद दिएँ ।


Read More
मेरो देश
- Pratyush Lohani - 31019, Grad ... 21 July, 2023

मेरो देशको नाम नेपाल हो । यो देश अति नै  सुन्दर छ। यहाँ  धेरै नदीनालाहरू र हिमालहरू छन्।  याे देश अति सुन्दर भएको कारण यसलाई स्वर्गकै एक टुक्रा पनि भनिन्छ । यो देश प्राकृतिक र सांस्कृतिक  सम्पदामा पनि धनी छ। नेपालको आफ्नाे छुट्टै कला, संस्कृति, परम्परा, धर्म आदि भएकोले नेपाल जस्तो अर्काे  देश खोजेर पनि भेटिन्न ।   नेपालमा ७७ ओटा जिल्ला र ७  ओटा  प्रदेशहरू छन् । नेपालमा रहेको प्राकृतिक  सौन्दर्यताले सबैकाे मन लोभ्याउने गर्छ ।  नेपाल   पर्यटकीय क्षेत्रको लागि प्रसिद्ध छ । यहाँ धेरै मानिसहरू घुम्न आउने गर्छन् ।  नेपाल एउटा सानो र सुन्दर देश हाे । याे देश पानीमा धनी छ। नेपालमै वीर  बलभद्र जस्ता  सयाैँ  वीरहरू जन्मिएका थिए।  हाम्रो देश मात्रै यस्ताे देश हाे जहाँ अङ्ग्रेजले  कब्जा गर्न सकेनन् । मलाई  मेराे देशकाे  धेरै  माया लाग्छ ।


Read More
हामी विद्यार्थी
- Bedant Bhandari - 32038, Grad ... 20 July, 2023

हामी सबै विद्यार्थी हाैँ । हामी कलमले सुन्दर भविष्य लेख्छौँ । बुबाआमा र शिक्षकहरूको आज्ञा पालन गरेर हामी आफ्नो लक्ष्य पूरा गर्छौं । यो हाम्रो खेलकुदका साथसाथै पढाइमा ध्यान दिने उमेर हाे । किताबका पानाहरूसँग मितेरी गाँसेर विद्यालयको पोसाकमा रमाउँदै हामी सुन्दर विद्यार्थी जीवन बिताउँछाैँ । हामी विद्यार्थी जिज्ञासु खालका हुन्छौँ । हाम्रो मनमा आएका प्रश्नकाे उत्तर हामीलाई शिक्षक र बुबाआमाले दिनुहुन्छ । विद्यार्थी जीवनमा असल बाटो रोज्दा मात्रै हामी सफल हुन्छौँ । विद्यार्थी जीवनमा हामी धेरै साथीहरू पनि बनाउँछाैँ । कक्षाकोठामा बनाएका यादहरू मनमा राखेर हामी संसार जित्न दाैडिन्छाैँ । विद्यार्थी जीवनमा हामीलाई धेरै खेल खेल्न पनि मन पर्छ । हामी विद्यार्थीले आफ्नो गृहकार्य समयमै गर्नुपर्छ । सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ । विद्यार्थी जीवन हरेक मानिसका लागि जीवनको महत्वपूर्ण पाटो हो । हामी यसबेला बनाएका यादहरू कहिल्यै बिर्सन सक्दैनाैँ । विद्यार्थी जीवनमा हामी अनुशासित बन्नुपर्छ । हामीले ठुलाले भनेको कुरा मान्ने र आफ्नो गल्ती सुधार्नुपर्छ । हरेक कुरालाई सामना गर्दै पढाइलाई पनि निरन्तरता दिनुपर्छ । मलाई विद्यार्थी जीवन रमाइलो लाग्छ ।


Read More