Logo

Student Corner

Articles

मेरो पहिलो हवाइजहाज यात्रा
- Akshita Bhattarai - 32039, Gr ... 20 June, 2023

कक्षा ३ सकिएपछिको बिदामा मैले पहिलो पटक हवाइजहाजमा चढेँ । त्यो हवाइजहाजमा जानुअगाडि मलाई धेरै कुरा दिमागमा आइरहेको थियो । म एकदमै खुसी थिएँ र धेरै उत्सुक पनि थिएँ । एयरपोर्टबाट विमानमा जाने बेलामा हामी एउटा बसमा चढेर गयौँ । विमानभित्र मलाई साह्रै राम्रो लाग्यो । परिचालिकाहरूले सिटबेल्ट लगाउने, प्लेनमा के गर्ने र के नगर्ने भनेर सबैलाई सिकाउने रहेछन् । त्यसपछि पाइलटले माइकमा बोलेर प्लेन उड्ने कुरा भन्नुभयाे । मेरो सिट झ्यालसँगै भएकोले मैले प्लेन उड्दा बाहिर हेर्न पाएँ । प्लेन उडेपछि मेरा कान चाहिँ बन्द भयो । एकछिन पछि झ्यालबाट बाहिर हेरेको त मैले  बादलहरू अलि तल हिमालहरू र धेरै तल जमिन देखेँ । हामी त आकाशमा पो रहेछौँ । मेरो सिटको अगाडि भएको ट्याब्लेटमा प्लेन उडेको हेर्न पनि मिल्ने रहेछ । त्यसपछिको केही समय खानामा र त्यही ट्याब्लेटमा कार्टुन हेर्दै सकियो । हवाइजहाजबाट ओर्लिने समय भइसकेछ । पाइलटले फेरि प्लेन ल्यान्ड हुने कुरा माइकमा भन्नुभयाे । अवतरण गर्दा भने मेरा कान साह्रै दुखेँ । पहिलो हवाइजहाज यात्रा त सकिसकेछ तर केही बेर एयरपोर्टमा बसेर फेरि अर्को प्लेन त चढ्न बाँकी नै थियो ।


Read More
समुदायमा सहभागिताको महत्त्व
- Aariv Subedi - 31045, Grade V ... 19 June, 2023

मानिस सामाजिक प्राणी हो त्यसैले ऊ समाज‌मा बस्छ । गाउँ, सहर जुन ठाउँमा बसेपनि मानिसलाई समुदाय चाहिन्छ । समुदायमा बसेका मानिसहरुले सामुदायिक क्रियाकलापमा सहभागी हुन एकदमै जरुरी छ । जुन व्यक्ति सामुदायिक क्रियाकलापमा भाग लिँदैन, त्यसमा ‘हामी’ भन्ने भावना हुँदैन । त्यो व्यक्तिमा 'म' भन्ने भावना विकास हुन्छ । समुदायमा बसेपछि सबैसँग मिलेर बस्नुपर्छ । सबै जना मिलेर काम गर्दा अप्ठ्यारो काम पनि सजिलै गर्न सकिन्छ। बाटो बनाउन, गाउँ, टोल सफा गर्न, धारो बनाउन, खेतीपाती गर्न समुदायको आवश्यकता पर्दछ । हामीले अरूको मद्भत गर्यो भने अरूले पनि हाम्रो मद्भत गर्छन् । त्यसैले हामी सबैसँग मिल्नुपर्छ । सबै मिलेर काम गरेमा समुदाय राम्राे हुन्छ र समुदायकाे विकास हुन्छ ।


Read More
अनुशासनको महत्त्व
- Rabi Harsha Adhikari - 32013, ... 16 June, 2023

अनुशासन भनेको नियममा बसेर कामहरू राम्रोसँग गर्ने सही तरिका हो । यसका लागि दिमाग र शरीरमा नियन्त्रण चाहिन्छ । अनुशासन भावनाको विकास आफैँले गर्नुपर्दछ । अनुशासनले हामीलाई  सही समयमा गर्न र सही निर्णय गर्न मद्दत गर्छ । अनुशासनबिनाको जीवन सफल हुन सक्दैन । हामीले हामीभन्दा साना भाइबहिनीहरूलाई माया र आफूभन्दा ठुलाहरूलाई सम्मान गर्नुपर्छ । यसरी माया र सम्मान गर्ने क्रममा केही सामाजिक नियमहरूको पालना गर्नुपर्दछ । अनुशासनमा हामीले वरिपरि रहेका देश-विदेश, समाजका आ-आफ्ना नियमको महत्त्व हुन्छ । यदि हामीले अनुशासनको पालना गरेनाैँ भने हाम्रो दैनिक जीवनमा असहज हुन्छ । हावा, पानी, जमिनले हामीलाई बाँच्ने आधार दिन्छ । देश, विदेश, समाज, समुदाय आदि अनुशासनबिना अव्यवस्थित हुनेछ किनभने सबै चिजलाई अनुशासनको आवश्यकता पर्छ । अनुशासन प्रकृति हो जुन प्रकृतिले बनाएको सबै कुरामा उपस्थित हुन्छ । व्यवस्थित तरिकाले कार्य गर्दा अनुशासनको विकास गर्न मद्दत गर्दछ । यी सबै अनुशासनका महत्त्व हुन् ।


Read More
समुदाय
- Aashutosh Basnet - 31005, Gra ... 15 June, 2023

 समुदायका मानिसहरूले एक अर्कालाई परेको बेलामा सहयोग गर्छन्।  समुदायको विकासका लागि उनीहरू मिलेर विभिन्न क्रियाकलापहरु गर्छन्।  त्यसैले उनीहरू एक अर्काप्रति निर्भर रहन्छन्। हामीलाई चाहिने विभिन्न ज्ञान, सिपहरु हामी समुदायबाटै  सिक्छौं। असल आचरण र अनुशासन पनि समुदायबाटै सिक्छौं। त्यसैले समुदायमा ‘हामी’ भन्ने भावना पाइन्छ।  यिनै कारणहरुले गर्दा हामी हाम्रो समुदायलाई माया र सम्मान गर्छौ। त्यसैले समुदायसँग हाम्रो अपनत्व जोडिएको हुन्छ।  
समुदायका महत्त्वहरू यी हुन् : 
- हाम्रो जिउधनको सुरक्षा गर्न ,
- दु:खसुख साट्न, मनोरन्जनका लागि, 
- चाडपर्व मनाउन र एक अर्कालाई परेको बेलामा सहयोग गर्न,
- हामीलाई नभई नहुने बाटोघाटो, पाटीपौवा, इनार कुवा आदि बनाउन,
- जीविकाका लागि विभिन्न पेसा जस्तै खेतीपाती, व्यापार व्यवसाय गर्न,

समुदायका सबै मानिसहरू मिलेर आफैँले पहाड खनेर मोटर आउने बाटो बनाउँछन । समुदायका सबै जना मिलेर इनार पनि खन्छन् ।  वृक्षारोपण पनि गर्छन्।  त्यस्तै समुदाय सबै मिलेर सामुदायिक भवन, स्वस्थ्य चौकी र विद्यालय भवन पनि बनाउँछन् ।  मन्दिर मर्मत पनि गर्छन् ।  त्यस्तै सबैजना मिलेर सहकारी पनि खोल्छन्। समुदायमा मानिसहरु पुल बनाउने, किनारको बाटो बनाउने काममा जुट्दछन्। समुदायकै अगुवाईमा मादव पदार्थ, घरेलु हिंसा, जुवा, तास विरुद्ध जनचेतना फैलाउने कम पनि गर्छन्।  
सामुदायिक कार्यको महत्त्व:

- समुदायका मानिसहरुको साझा आवश्यकताहरू पूरा हुने,
- समुदायका मानिसहरुको ज्ञान, सिप र क्षमता बढ्ने,
- रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्ने, 
- समुदायमा आपसी सहयोग, मेलमिलाप, प्रेमभाव र एकता बढ्ने,
- समुदाय र समाजमा शान्ति छाउने, विकास कार्य अघि बढाउन सजिलो हुने,
त्यसैले हरेक मानिसलै समुदाय निकै महत्त्वपूर्ण हुन्छ। यस बिना मानिसहरूले आफ्नो जीवन चलाउन निकै नै गाह्रो पर्दछ। 


Read More
Genshin Impact
- Aaron K.C. - 31004, Grade V o ... 14 June, 2023

Genshin Impact is a free open-world game with many features. It is highly enjoyable, and the graphics are particularly impressive on laptops or PCs. However, it can sometimes lag on mobile devices, tablets, or iPads. The controls are straightforward and user-friendly. If you are not comfortable with the default controls, you can adjust them to your liking, but this option is only available on laptops or PCs. The game boasts a wide variety of characters.
My favourite characters in Genshin Impact are Wanderer (also known as Scaramouche), Kazuha, Venti (known as Barbatos or the God of Wind), and Raiden Shogun (known as the God of Thunder and Light, or Raijin). 
The game is divided into seven nations, each with its own ruler. Some rulers conceal their identities for protection. These rulers are also referred to as gods. Each god possesses a different elemental power, such as Hydro (water), Anemo (air), Electro (electricity), Dendro (nature), Pyro (fire), Cryo (ice), and Geo (rocks or crystals). So far, the game has only introduced four nations: Mondstadt (the nation of freedom), Liyue (the nation of contracts), Inazuma (the nation of eternity), and Sumeru (the nation of wisdom). The story is attractive. The gods of the nations include Venti (the God of Freedom and Wind), Zhongli (the God of Contracts and Rocks), Raiden Shogun (the God of Eternity and Thunder), and Nahida (the God of Wisdom and Nature). The remaining gods are still unknown. Many people find this game to be exceptional, and I am one of those individuals. It is truly one of my favourite games.


Read More
कालिन्चोक यात्रा
- Ishani Chettri - 32010, Grade ... 14 June, 2023

बिहीवार मामा माइजू दादा र भाइ काठमाडौँ आउनुभयो । हामीले कालिञ्चोक जाने सल्लाह गर्‍याैँ । शुक्रवार बाह्र बजे कालिञ्चोक जान हामी हिँड्यौँ । हामी भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुपाल्चोकको खाडिचौरमा पुगेर खाजा खायौँ । बेलुका दोलखाको मकैबारी भन्ने ठाउँमा बस्याैँ । होटल नयाँ र राम्रो थियो । खाना पनि मिठो थियो । हामीहरूलाई खेल्ने ठाउँ पनि थियो । भोलिपल्ट बिहान कालिञ्चोक भगवतीको दर्शन गर्नका लागि गाडी रिजर्भ गरेर हामी कुरी पुग्यौँ । कुरीबाट केवल कार चढेर मन्दिर पुग्यौँ । बाबा र दादा हिँडेर पनि हामीभन्दा छिटो पुग्नुभयो किनकि केबुलकारमा लामो लाइन थियो । फर्कँदा म बाबासँग हिँडेर नै आएँ ।  त्यसपछि कुरी बजारबाट गाडी चढेर हामी हाेटल फर्कियौंँ । होटलमा खाना खाएर चरिकोट घुमेर घर फर्किँदा बाटोमा फोटो खिच्यौँ । बेलुका नगरकोटमा बस्यौँ । नगरकोटको होटलमा आगो बारेर मासु पोलेर खायौँ । मैले र बाबाले मासु पोल्याैँ । मामा माइजू र ममीले मासु खानुभयो । नगरकोटबाट रमाइलो गरेर हामी घर फर्कियौँ ।


Read More
वातावरण दिवस
- Shubha Shree Malla - 31030, G ... 13 June, 2023

हाम्रो वरिपरि रहेका हावा, पानी, ढुङ्‌गा, माटो, वनजङ्‌गल ,वनस्पति सबै  वातावरणभित्र पर्दछन् । यी सबै कुरा दूषित भएमा वातावरण दूषित हुन्छ । वातावरणलाई परिवेश पनि भनिन्छ । वातावरण हामी सबैको  लागि अति आवश्यक छ । हरेक वर्ष जुन ५ तारिखमा वातावरण दिवस मनाइन्छ ।याे दिन विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइन्छ ।हामीले वातावरण सफा र स्वच्छ राख्नपर्छ। वातावरण सम्पूर्ण प्राणीको बासस्थान हो । वातावरण सफा भएन भने हामीलाई रोग लाग्छ । हामीले १ दिन मात्र वातावरण  दिवस मनाएर हुँदैन। सधैँभरि वातावरणलाई सफा सुन्दर बनाउने काम गर्नुपर्छ। हामीले सबैतिर चेतनामूलक सन्देश फैलाउनुपर्छ । हामी वातावरणमा निर्भर छौँ । वातावरण विनाश भयो भने हामी पनि नासिन्छौं। हामीले सबैतिर हरियाली बनाउनुपर्छ । रुख काट्नु  हुँदैन। रुख, नभएको ठाउँमा रुख राेप्नुपर्छ । हामीले वातावरणको संरक्षण गरेर धर्तीलाई सुन्दर र हरियाली बनाउनुपर्छ ।


Read More