Logo

Student Corner

मेरो देश

Written by: Pratyush Lohani - 31019, Grade V

Posted on: 21 July, 2023

मेरो देशको नाम नेपाल हो । यो देश अति नै  सुन्दर छ। यहाँ  धेरै नदीनालाहरू र हिमालहरू छन्।  याे देश अति सुन्दर भएको कारण यसलाई स्वर्गकै एक टुक्रा पनि भनिन्छ । यो देश प्राकृतिक र सांस्कृतिक  सम्पदामा पनि धनी छ। नेपालको आफ्नाे छुट्टै कला, संस्कृति, परम्परा, धर्म आदि भएकोले नेपाल जस्तो अर्काे  देश खोजेर पनि भेटिन्न ।   नेपालमा ७७ ओटा जिल्ला र ७  ओटा  प्रदेशहरू छन् । नेपालमा रहेको प्राकृतिक  सौन्दर्यताले सबैकाे मन लोभ्याउने गर्छ ।  नेपाल   पर्यटकीय क्षेत्रको लागि प्रसिद्ध छ । यहाँ धेरै मानिसहरू घुम्न आउने गर्छन् ।  नेपाल एउटा सानो र सुन्दर देश हाे । याे देश पानीमा धनी छ। नेपालमै वीर  बलभद्र जस्ता  सयाैँ  वीरहरू जन्मिएका थिए।  हाम्रो देश मात्रै यस्ताे देश हाे जहाँ अङ्ग्रेजले  कब्जा गर्न सकेनन् । मलाई  मेराे देशकाे  धेरै  माया लाग्छ ।