Logo

Student Corner

मेरो जन्मदिन

Written by: Uddhati Bhattarai - 32040, Grade IV

Posted on: 24 July, 2023

मेरो जन्म जेठ ७ गतेकाे दिन भएको हो । मेरो जन्मदिन हरेक वर्ष घरमा नै  मनाइन्थ्यो । परिवार र साथीहरूसँग जन्मदिन मनाउँदा निकै रमाइलो हुन्थ्यो । त्यसैले जेष्ठ महिना लागेदेखि नै म निकै उत्साहित थिएँ । घरी घरी आमाले,”अब त ठुली भई किन जन्मदिन मनाउनुपर्‍याे ?” भन्नुहुन्थ्यो । आमाले मलाई जिस्काइरहनुभएको छ भन्ने मलाई थाहा थियो । त्यसैले म उत्साहित थिएँ र मनमनै मैले निम्ताे गर्ने साथीहरूका नाम पनि तयार गरिसकेकी थिएँ । टोलका साथीहरू र आफन्तका केटाकेटीहरूका नाम त आमालाई कण्ठै थियो । मेरो दादा विदेशमा पढ्न जानुभएको छ । एक वर्षको पढाइ सक्याएर उहाँ जेष्ठ ७ गते नै नेपाल आइपुग्ने कुरा थियो तर हामीलाई झुक्याएर उहाँ त ६ गते नै आइपुग्नुभयो । मेरा लागि धेरै चकलेट, लुगाहरू ल्याउनुभएको रहेछ । पाँच महिनापछि दादालाई भेट्दा म धेरै खुसी भएँ । ७ गते बिहान मेरो निन्द्रा अलि चाँडै खुल्यो । आज मेरो जन्मदिन पाे हो त भन्दै जुरुक्कै उठेँ । बाबा, आमाले टीका लगाइदिएर मलाई आशीर्वाद दिनुभयो । ज्ञानी बन्नु, राम्ररी पढ्नु र झगडा नगर्नु भन्नुभयो । मैले टाउको हल्लाएँ । म बेलुकाको कार्यक्रम सम्झिँदै उत्साहित भइरहेकी थिएँ । केही छुट्यो कि भन्ने चिन्ता लागिरहेको थियो । बाबाले त केक अर्डर गर्न नै बिर्सनु भएको रहेछ । मैले सम्झाएपछि हतार हतार पसलमा खबर गर्नुभयो ।  दिउँसाेकाे २ बजेतिर म र बाबा साथीहरूलाई लिन गयाैँ । फर्कंदाखेरि केक पनि सँगै लिएर आयौँ । हामी घर फर्कंदा आमा र दादा मिलेर कोठालाई झिलिमिली बनाइसक्नुभएछ । मिठा मिठा परिकारहरू पनि बनाइसक्नुभएछ । केही बेर म साथीहरूसँग खेलेँ । हामीले निम्तो गरेका सबैजना आइपुगेपछि मैले केक काटेँ । सबैले शुभकामना दिनुभयो । मैले धेरै उपहारहरू पनि पाएँ । साथीहरूसँग नाच्दा नाच्दा थकाइ नै लाग्याे । सबैले खाना खाइसकेपछि हामी फेरि साथीहरूलाई पुर्‍याउन गयौँ ।  घर फर्कदा साढे नौ बजिसकेको थियो । दिनभरिको रमाइलो सम्झिदै म सुत्न गएँ । मेरो जन्मदिनलाई यस्तो रमाइलो बनाइएकोमा बाबाआमालाई मनमनै धन्यवाद दिएँ ।