Logo

Student Corner

मेरो देश

Written by: Saphal Pokharel - 31052, Grade V

Posted on: 25 July, 2023

 "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" सबैलाई आफ्नो देश  जन्मभूमिको धेरै माया लाग्छ।  मलाई मेरो देश स्वर्ग जस्तै लाग्छ। आज म मेरो देशको बारेमा लेख्न गइरहेको छु । मेरो देश नेपाल हो।  नेपाल भारत र चीनको बिचमा छ ।  नेपालको राजधानी काठमाडौँ हाे । नेपालमा ७ ओटा प्रदेश र ७७ ओटा जिल्लाहरू छन्। नेपालको राष्ट्रिय जनावर गाई हो । नेपालको राष्ट्रिय चरा डाँफे हो । नेपालको राष्ट्रिय फूल लाली गुराँस हो ।
नेपाल एउटा सानो तर शान्त देश हो । नेपालमा धेरै जातजातिका मानिसहरू बसोबास गर्छन् नेपालमा धेरै भाषाहरू बोलिन्छ । नेपालमा धेरै प्राकृतिक र सांस्कृतिक सम्पदाहरु छन् । नेपालमा सगरमाथा छ। नेपाललाई बुद्धको जन्मभूमि भनेर पनि चिनिन्छ। नेपालका  पहिलो राजा पृथ्वीनारायण शाह थिए । नेपालका राष्ट्रपति रामचन्द्र पौडेल हुन् । नेपालमा बसोबास गर्ने मानिसहररू सहयोगी छन् ।नेपाल जलस्रोतमा विश्वको दोस्रो सबैभन्दा धनी देश हो । नेपालमा धेरै   पर्यटकीय क्षेत्रहहरू छन् । मलाई मेरो देश नेपालको धेरै माया लाग्छ ।