Logo

Student Corner

हामी विद्यार्थी

Written by: Bedant Bhandari - 32038, Grade IV

Posted on: 20 July, 2023

हामी सबै विद्यार्थी हाैँ । हामी कलमले सुन्दर भविष्य लेख्छौँ । बुबाआमा र शिक्षकहरूको आज्ञा पालन गरेर हामी आफ्नो लक्ष्य पूरा गर्छौं । यो हाम्रो खेलकुदका साथसाथै पढाइमा ध्यान दिने उमेर हाे । किताबका पानाहरूसँग मितेरी गाँसेर विद्यालयको पोसाकमा रमाउँदै हामी सुन्दर विद्यार्थी जीवन बिताउँछाैँ । हामी विद्यार्थी जिज्ञासु खालका हुन्छौँ । हाम्रो मनमा आएका प्रश्नकाे उत्तर हामीलाई शिक्षक र बुबाआमाले दिनुहुन्छ । विद्यार्थी जीवनमा असल बाटो रोज्दा मात्रै हामी सफल हुन्छौँ । विद्यार्थी जीवनमा हामी धेरै साथीहरू पनि बनाउँछाैँ । कक्षाकोठामा बनाएका यादहरू मनमा राखेर हामी संसार जित्न दाैडिन्छाैँ । विद्यार्थी जीवनमा हामीलाई धेरै खेल खेल्न पनि मन पर्छ । हामी विद्यार्थीले आफ्नो गृहकार्य समयमै गर्नुपर्छ । सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ । विद्यार्थी जीवन हरेक मानिसका लागि जीवनको महत्वपूर्ण पाटो हो । हामी यसबेला बनाएका यादहरू कहिल्यै बिर्सन सक्दैनाैँ । विद्यार्थी जीवनमा हामी अनुशासित बन्नुपर्छ । हामीले ठुलाले भनेको कुरा मान्ने र आफ्नो गल्ती सुधार्नुपर्छ । हरेक कुरालाई सामना गर्दै पढाइलाई पनि निरन्तरता दिनुपर्छ । मलाई विद्यार्थी जीवन रमाइलो लाग्छ ।