Logo

Student Corner

Articles

सामुहिक काम र सहभागिता
- Darshana Khadka - 31048, Grad ... 14 August, 2023

समुदायको साझा समस्या समाधान र उद्देश्य प्राप्त गर्न सबै मिलेर समुदायको हित र उन्नतिका लागि गरिने क्रियाकलापहरूलाई सामुहिक कार्य भनिन्छ । सामुदायिका कामहरू निम्न छन्ः  बाटो बनाउने, मठमन्दिर मर्मत गर्ने, वृक्षारोपण गर्ने, नदीनाला सफा गर्ने, स्वास्थ्य चौकी बनाउने आदि हुन्। सामुहिक कार्यले मानिसहरूको साझा अवश्यकता पूरा हुन्छ। यसले मनिसहरूको ज्ञान, सिप र क्षमता बढ्छ । रोजगारी वृद्धि हुने, स्वरोजगारीको अवसर निर्माण हुने र गरिबी घट्छ । समुदाय र समाजमा शान्ति छाउँछ, विकास  कार्य अघि बढाउन सजिलो हुन्छ ।  समुदायिक काम गर्दा समुदाय हराभरा र सुविधाहरूले भरिएको हुन्छ । हामी सामूहिक कार्यमा सहभागी हुन जरुरी छ । सबै मिलेर काम गर्दा समुदायको काम छिट्टै सकिन्छ र समुदायको  विकास पनि चाँडै हुन्छ। समुदायिक कार्यमा सबै छिमेकी मिलेर काम गर्दा आपसि सम्बन्ध बढ्छ । सामुदायिक काम मिलेर गर्दा समुदायमा 'म' भन्ने भावना नभएर ‘हामी’ भन्ने भावनाको विकास हुन्छ । सामुदायिक काम गर्दा वरपरको वातावरण दूषित हुँदैन र एकदमै सफा हुन्छ ।


Read More
गुरु पूर्णिमा
- Sushant Pokharel - 32020, Gra ... 09 August, 2023

हरेक वर्ष आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको दिनको रूपमा मनाइन्छ। यस दिनमा हामीलाई हरपल ज्ञान, शिक्षा र प्रेरणा दिने सम्पूर्ण गुरुहरूप्रति आदरभाव, श्रद्धा र सम्मान प्रकट गरिन्छ । माता पितालाई जस्तै गुरुलाई पनि सम्मान गरिन्छ ।  हुन त गुरुहरू सदैव श्रद्धा र भक्तिका पात्रहरू हुनुहुन्छ तथापि गुरुहरूका पनि गुरू महाभारतका लेखक व्यास ऋषिको जन्मदिनमा विशेष गरी आफूलाई  ज्ञान प्रदान गर्ने सम्पूर्ण गुरुहरूप्रति नमन गर्दै आदर प्रकट गर्ने दिन गुरु पूर्णिमा हो । गुरु पूर्णिमा शिक्षक, शिक्षिका र विद्यार्थीहरूको बिचमा सम्बन्ध सुमधुर बनाउने उत्सवको दिन पनि हो । गुरुले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको उज्यालो प्रकाश दिनुहुन्छ ।  हाम्रा गुरु र गुरुआमाहरूले हामीलाई सदैव ज्ञान, प्रेरणा, शिक्षा र हौसला प्रदान गर्ने गर्नुहुन्छ । हामी विद्यार्थीहरूको भविष्यको मार्गदर्शक हुनुहुन्छ ।


Read More
मेरो देश
- Raj Manandhar - 31023, Grade ... 08 August, 2023

मेरो देश नेपाल हो । यो एसियामा पर्दछ ।  ‌यो भारत र चीनको बिचमा छ। यो सानो भए पनि एकदम सफा र राम्रो छ। यो पृथ्वीको दोस्रो धेरै पानी भएको देश हो । यहाँ सबैभन्दा ठुलो हिमाल सगरमाथा पनि छ। हाम्राे देशकाे झण्डा अरू देशकोभन्दा फरक छ ।  हाम्राे देशमा ७७ जिल्ला र ७ प्रदेशहरू छन्। म  प्रदेश  ३ बागमतीमा बस्छु । नेपालमा धेरै जातहरू छन् । जस्तैः नेवार, ब्राम्हण गुरुङ आदि।  नेपालको लुम्बिनी प्रदेशमा भगवान बुद्ध जन्मिनुभएको थियो। नेपालको राष्ट्रिय खेल भलिबल, राष्ट्रिय जनावर गाई, राष्ट्रिय फूल लालीगुराँस र राष्ट्रिय गीत सयौं थुङ्‌गा हो । नेपाल पहिले ठुलो थियो तर नेपाल युद्धमा जानु परेको हुनाले नेपाल सानो भयो । म काठमाडौँमा बस्छु । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मानिस छन् । याे हाम्राे देशकाे राजधानी हाे । मलाई मेराे देश अत्यन्तै राम्राे लाग्छ ।


Read More
मनसुन
- Drishtanta Raj Sapkpota - 320 ... 07 August, 2023

पानी धेरै पर्ने महिनालाई मनसुन भनिन्छ । मनसुनकाे समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्यभाग हुँदै पश्चिम लाग्छ । अरूबेला पानी पर्दा बिहान दिउँसाे प्राय: चर्काे घाम लाग्छ तर मनसुनकाे समयमा बिहानैदेखि कालाे बादल मडारिन्छ । नेपालमा मनसुन असारमा सुरु हुन्छ । मनसुनको महिनामा जताततै हरियाली हुन्छ । पानी परिरहने भएकाेले शीतल भएकाे महसुस हुन्छ । मनसुनको बेलामा किसानहरूले खेतमा धान रोप्छन् । किसानहरूले लगाएकाे बालीनाली सप्रन थाल्छन् । मनसुनकाे समयमा औसतभन्दा बढी पानी परेमा प्राकृतिक विपद देखापर्छ । मनसुनकाे समयमा धेरै पानी पर्ने भएकोले खोला ठुलो हुन्छ । धेरै ठाउँमा बाढी आउँछ । बाढीसँगै धेरै ठाउँमा पहिराे पनि जान्छ । मनसुनको बेला मलाई पानीमा भिज्न रमाइलो लाग्छ तर हामी पानीमा धेरै भिज्याैँ भने बिरामी हुन्छाैँ । मलाई मनसुनका महिनाहरू एकदमै मन पर्छ ।


Read More
रातो मछिन्द्रनाथ जात्रा
- Praneesha Shrestha - 31017, G ... 04 August, 2023

मछिन्द्रनाथ जात्रा ललितपुर जिल्लामा मनाइन्छ । याे नेवार समुदायकाे प्रसिद्ध पर्व हाे । मछिन्द्रनाथ जात्रा वर्षा र अन्नको देवताका रूपमा परिचित  छ । काठमाडौँलाई खडेरीबाट जोगाएको सम्झनामा रातो मछिन्द्रनाथ जात्रा मनाइन्छ । मछिन्द्ननाथ जात्रामा झम्सीखेलबाट रथ तानेर पुल्चोक हुँदै  जावलाखेल पुर्याइन्छ । त्यहाँ भाेटाे देखाउने कार्यक्रम हुन्छ । भोटो जात्रा समारोहपछि  रातो मछिन्द्रनाथलाई बुङ्‌गमतीमा फिर्ता लगिन्छ । जहाँ उनले वर्षको ६ महिना बिताउँछन् । मछिन्द्रनाथ जात्रा सकिएपछि सबै परिवारहरूले  भोज खान्छन् । मछिन्द्रनाथ जात्रामा मानिसहरूले भोटाे देखाउँछन् किनभने उनीहरूलाई लाग्छ कि त्यो भोटोको मालिक त्यो मोटोलाई लिन आउँछ । रातो मछिन्द्रनाथलाई देवताको रङको स्तूति पनि भनिन्छ। मछिन्द्रनाथ जात्रा एउटा ठुलो पर्व हो । त्यहाँ २ ओटा मछिन्द्रनाथ हुन्छन् , सेतो र रातो । मछिन्द्रनाथ जात्रा मनाउन राजाले सुरु गर्नुभएको हो। मछिन्द्रनाथ जात्रा १५०० वर्ष अगाडिदेखि मनाउन सुरु गरिएको हो।


Read More