Logo

Student Corner

Articles

असार १५ धान दिवस
- Ruhjen Jung Khadka - 32014, G ... 01 September, 2023

असार १५  तथा राष्ट्रिय धान दिवसमा ‘धानकाे उत्पादन बढाऔँ’ भन्ने नाराका साथ याे दिवस मनाइन्छ । यो दिनलाई राेपाइ महाेत्सव वा राेपाइ दिवसकाे रूपमा पनि चिनिन्छ । नेपालमा हजाराैँ वर्ष पहिलेदेखि धानकाे खेती हुँदै आएकाे छ । नेपाल कृषि प्रधान देश भएकोले असार १५ गते धान राेपेर दही चिउरा खाएर धान दिवस मनाइन्छ । नेपालमा वि‍‌.स २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । नेपालमा फरक फरक तरिकाले धान दिवस मनाउने गर्दछन् । किसानले आफ्नो तरिकाले मनाउने गर्दछन् । किसानहरू यस दिन हिलो टेकेर एक अर्कालाई हिलाे फ्यालेर खेल्ने गर्छन् । यस दिन किसानहरू राेपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने चलन छ । नेपालमा असार १५ गते वर्षकै लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने हुँदा हिउँदकाे सुरुवात भयो भन्ने गर्छन् । हलगोरुले हिल्याएका खेतको हिलोमा धान रोपेर किसानहरू आपसमा रमाउँछन् । गीत गाउँछन् र हिलोसँग खेल्छन् ।


Read More
गणतन्त्र दिवस
- Sadagi Koirala - 31026, Grade ... 30 August, 2023

गणतन्त्र स्थापना नेपाली इतिहासको त्यो दिन थियो, जुन दिन नेपाली शासन व्यवस्थामा परिवर्तन भएर राजतन्त्रको अन्त्य भएको थियो । नेपालमा गणतन्त्र दिवस हरेक वर्ष जेठ १५ गते  मनाइन्छ । करिब २४० वर्ष लामो राजतन्त्र हटेको हुनाले नेपाली इतिहासमा गणतन्त्र दिवस महत्त्वपूर्ण रहेको छ । गणतन्त्रको स्थापनापछि नेपाली जनताले प्रजातन्त्र‌को सही ढङ्गले उपयोग गर्न पाएका छन् | काठमाडौँको टुडिखेलस्थित सैनिक मञ्चले गणतन्त्र दिवसको मुख्य कार्यक्रम आयोजना गर्छ । त्यहाँ नेपालका विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहन्छ । गणतन्त्र स्थापनापछि नेपालमा राष्ट्रपति रहने व्यवस्था छ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादव हुन् ।


Read More
वातावरण दिवस
- Revati Maharjan - 31051, Grad ... 28 August, 2023

वातावरण भनेको हाम्राे वरिपरिको तत्व हो । जसले हामीलाई असर गर्छ । वातावरणमा हावा, पानी, वनजङ्गल, माटो, खनिज आदि पर्दछन् । वातावरण जोगाउने अभियान लिएर हरेक वर्षको जुन ५ तारिकको दिनमा विश्वभर वातावरण दिवस मनाइन्छ । 
वातावरण हाम्रो लागि एकदम महत्त्वपूर्ण चिज हो। वातावरणबाट हामीले  अक्सिजन, खाना, पानी, घाम आदि पाउँछाैँ । वातावरणलाई जोगाउन वनजङ्‌गल संरक्षण गर्नुपर्छ,  बाेटबिरुवाहरू रोप्नुपर्छ, खोलानालाहरू सफा राख्नुपर्छ, जथाभावी खनिज पदार्थ निकाल्नु हुँदैन, जथाभावी फोहोर फाल्नु हुँदैन, पुराना गाडीहरू चलाउनु हुँदैन र जनसङ्ख्या नियन्त्रण गर्नुपर्छ ।

 

वातावरण प्रदूषणले धेरै समस्याहरू आउने गर्दछन् । वातावरण दूषित भयो भने विभिन्न प्रकारका रोगहरू लाग्न सक्छन् । धुवाँ धुलोले गर्दा क्यान्सर, दम जस्ता रोगहरू लाग्न सक्छन् । वनजङ्‌गल विनाशले अक्सिजनकाे कमी हुने, पानी नपर्ने, गर्मी बढ्ने, पहिरो जाने जस्ता समस्याहरू आउने गर्दछन् ।
वातावरण धेरै महत्त्वपूर्ण चिज भएकोले वातावरणलाई जोगाउन र संरक्षण गर्न अति आवश्यक छ। हामीले वातावरण दिवसमा मात्र वातावरण सफा गर्ने  होइन कि हामीले हरेक दिन वातावरण सफा गर्नुपर्दछ।


Read More
ल्हाेसार
- Uddhati Bhattarai - 32040, Gr ... 25 August, 2023

विश्वको धेरैजसो देशमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातकाे रुपमा मनाइन्छ । नेपालमा भने हामी बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्दछाैँ । हाल अङ्ग्रेजी वर्ष सन् २०२३ र  नेपाली वर्ष विक्रम सम्वत् २०८० साल चलिरहेको छ । नेपालमा धेरै जातजाति र जनजातिका मानिसहरू मिलेर बस्छन् । यी मध्ये केहीका आ-आफ्ना नयाँ बर्षहरू छन् । गुरुङ, तामाङ र शेर्पा जातिको नयाँ वर्ष फरक फरक छन् । गुरुङ समुदायको नयाँ बर्षको पहिलो दिनलाई तमु ल्हाेसार भनिन्छ । याे पाैष महिनाकाे १५ गतेकाे दिन पर्दछ । ल्हाेसारकाे दिनभन्दा अघिल्लाे साँझदेखि नै  तमु ल्हाेसार मनाउन सुरू गरिन्छ । तामाङ समुदायको पहिलो दिनलाई सोनाम ल्हाेसार भनिन्छ । यो चाड माघे स‌ंक्रान्तिका दिन पर्दछ । हिमाली क्षेत्रमा शेर्पाहरू बसोबास गर्छन् । उनीहरूकाे नयाँ वर्षको दिनलाई ग्याल्पो ल्हाेसार भनिन्छ । प्रायजसाे याे पर्व फागुन महिनामा पर्छ । यस पर्वमा नाै थाेक अन्नकाे खाेले बनाएर खुवाउने गरिन्छ । यी समुदायहरूको पात्रो फरक फरक हुन्छ  तर वर्षको नाम भने जनावरको नामबाट राखिएको हुन्छ ।


Read More