Logo

Student Corner

Articles

स्वास्थ्यको महत्त्व
- Bishrant Sitaula - 32006, Gra ... 11 September, 2023

स्वास्थ्य नै मानिसको अमूल्य धन हो । मानिस शारीरिक र मानसिक रुपमा निरोगी, तन्दुरुस्त र फुर्तिलाे हुनु नै स्वस्थ हुनु हो । अहिलेको समयमा जब कसैसँग पनि आफ्नो स्वास्थ्यमा ध्यान दिने समय हुँदैन तब हामीले कम्तिमा ३० मिनेट स्वास्थ्यकाे लागि दिनुपर्छ किनभने स्वास्थ्य राम्राे भए मात्र जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । यदि हाम्रो स्वास्थ्य बिग्रियो भने कराडाैँ खर्च गरेर पनि राम्रो स्वास्थ्य पाउन सक्दैनाैँ । त्यसैले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु नै राम्राे हो । हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न विभिन्न कुरामा ध्यान दिनुपर्छ । जस्तै: सरसफाइ, ताजा र पाेषिलाे खानेकुरा, योग र व्यायाम आदि । हामीले  स्वस्थ रहन यी कुराहरूमा ध्यान दियाैँ भने सुन्दर जीवन जिउन सक्छौँ ।


Read More
गणतन्त्र दिवस
- Aayaan Rai - 31006, Grade V o ... 08 September, 2023

२०६१ सालमा माओवादीसँग नेपाल सरकारको शान्ति सम्झौता भएपछि नेपालमा नयाँ राज्य व्यवस्था लागु गर्न संविधान सभाको निर्वाचन हुने भएको थियो । २०६४ सालमा  संविधान सभाको चुनाव भएको थियो। २०६५ साल जेठ १५ गते बसेको पहिलो  संविधान सभाले नेपालमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेको थियो । उक्त दिनदेखि नेपालमा २०० वर्षदेखि शासन गर्दै आएको शाह वंशीय राजतन्त्रको अन्त्य भएको थियो । जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र दिवसलाई भव्यताका साथ मनाइन्छ । यस दिन काठमाडौँको टुँडीखेलमा सैनिक मञ्चमा देशका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा देशका ३ अाेटा सुरक्षा अङ्गहरूबाट शान्तिका प्रतीक परेवाहरू उडाइन्छ । साथै हेलिकप्टरबाट रङ्गीचङ्‌गी फूलहरूको वर्षा गराइन्छ । गणतन्त्र दिवस नेपालीहरूका लागि एउटा महत्त्वपूर्ण दिन हो।


Read More
Resources on Earth
- Aaron Singh - 32035, Grade IV ... 08 September, 2023

Earth is the only planet with creatures living on it. It provides us with the resources for life. If we utilize the resources well, it will probably last longer. The resources like water, plants etc are renewable resources. Some resources like coal, fuel and gas are most likely to get finished. These are non-renewable resources. Some renewable resources are Hydropower, Wind power, Solar Power. It is a source of energy that generates power by using a dam or diversion structure to alter the natural flow of a river or other body of water. In this process, water gets recycled again and again to generate electricity.  


Windpower is the process of utilizing the flow of wind to generate Kinetic energy. In past times, wind was utilized to sail boats, use wind mills etc. These days, a new device called “Wind Turbine” has been developed. Electricity is generated through the force from the rotor blades, which work like an aeroplane wing or helicopter rotor blade. 


Solar Power is the process of converting Sun’s energy into electricity. We need solar panels, generators and convertors for the process. This can be used forever until the generator and converter expires. However, when used properly, the solar panel itself won’t expire for a long time. 


Non- renewable substances like coal, fuel and gas have been overused over the years. This can cause the scarcity of these resources. Hence, we should take care of the non- renewable resources and use them wisely.


Read More
मलाई मनपर्ने खानेकुरा
- Nirvik Gurung - 32022, Grade ... 07 September, 2023

मलाई मन पर्ने खानेकुरा धेरै थरीका छन् । त्यसमध्ये पनि मलाई  म:म असाध्यै मन पर्छ । म:म साह्रै स्वादिलो मिठाे हुन्छ । मलाई मासु हालेर बनाएकाे म:म मिठाे लाग्छ । म:म  बनाउँदा मासु, लसुन, प्याज आदि पिठाेमा हालेर बनाउन सकिन्छ । म:म बनाउन पहिले पिठाेलाई मुसेर केहीबेर छाेप्नुपर्छ । त्यसपछि मासुमा लसुन,प्याज र मसलाहरू राखेर राम्ररी मुस्नुपर्छ । त्यसपछि मुसेर राखेकाे पिठाेलाई सानाे सानाे राेटी बनाएर बेल्नुपर्छ । त्यसपछि मुसेको मासुलाई राेटीमा पोको पारेर बफाएर खान सकिन्छ । म:मलाई आफ्नो इच्छाअनुसार विभिन्न प्रकारको बनाउन सकिन्छ । जस्तैः पनिर म:म, तरकारी म:म, मासु म:म आदि । मलाई सबै प्रकारका म:म मिठाे लाग्छ । म:म घरमै बनाएर खाँदा स्वस्थकर हुन्छ । पसल वा हाेटलमा बनाएकाे म:म  स्वस्थकर नहुन पनि सक्छ । त्यसैले म बाहिरको म:म कहिलेकाहीँ मात्र खान्छु ।


Read More
समुदायको महत्त्व
- Shubha Shree Malla - 31030, G ... 06 September, 2023

समुदाय भनेको एक क्षेत्रमा बस्ने मानिसहरुको समूहलाई  समुदाय भनिन्छ । समुदाय एक निश्चित ठाउँमा, आकार र परिधिभित्र रहेको हुन्छ । समुदायमा बस्ने मनिसहरूको चालचलन, रहनसहन र संस्कार समान हुन्छन्, उनीहरुको रुचि, आवश्यकता र उद्देश्य पनि  प्राय गरेर समान नै हुन्छन् । त्यसैले हाम्रो दैनिक  जीवनयापनका लागि समुदाय एक अपरिहार्य अङ्ग हो। हाम्रो जीवनमा समुदायको महत्त्वपूर्ण भूमिको रहेको छ। हामीले हाम्रो जीवनमा आवश्यक पर्ने कार्यहरू एक्लै गर्न सक्दैनाै त्यसैकारण हामीलाई समुदायको आवश्यकता पर्छ । जस्तै :-


-  बाटोघाटो खन्न र बनाउन ,
-  वृक्षारोपण गर्न,
-  जीविकाका लागि जस्तै:- व्यापार, व्यवसाय र खेतीपाती  जस्ता विभिन्न पेसाका काम गर्न,
-  हाम्रो कला, संस्कृति चालचलन, परम्परा आदि बढाउन ,
-  हाम्रो पहिचान र गौरव बचाउन ,
धर्म र  परम्परालाई जोगाउन लागि गरिने  क्रियाकलापहरूमा समुदायको विशेष भूमिका रहन्छ । समुदायमा मिलेर गरिने कार्यबाट समाजको  साझा आवश्यकता पूरा हुन्छ ।
समुदायबाट  एकआपसमा ज्ञान आदानप्रदान गर्न सकिन्छ । त्यसैले अन्त्यमा हाम्रो दैनिक क्रियाकलापदेखि लिएर सामाजिक क्रियाकलापहरू सम्पन्न गर्नका लागि हाम्रो समुदाय हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ ।


Read More
मेराे साथी
- Rajshree Shrestha - 32050, Gr ... 05 September, 2023

मेरा धेरै साथीहरू छन् । त्यसमध्ये पनि मेरा मिल्ने साथीको नाम आरुषी र कारा हाे । उनीहरू धेरै सहयोगी छन् । हामी तीन जना खुब मिल्छाैँ । हामी खेल्ने समयमा खेल्छाैँ र पढ्दा निकै ध्यान दिएर पढ्छाैँ । मेरा साथीहरू गुरु गुरुआमाले भनेकाे खुरुखुरु मान्छन् ।  मसँग उनीहरू खेल्छन् । मलाई उनीहरूसँग खेल्न मज्जा आउँछ । हामी खेल्दा झगडा गर्दैनाैँ । हामी अनुशासनकाे पालना गरी खेल्छाैँ । मेरा साथीहरूले मलाई पढाइमा पनि सहयाेग गर्छन् । उनीहरूले पढाइमा मैले नजानेका कुराहरू सिकाउँछन् । उनीहरूलाई मेराे सहयोग चाहियो भने पनि म उनीहरूलाई मदत गर्छु । मेरा साथीहरू धेरै रमाइला छन् । मैले मिलनसार र सहयाेगी साथीहरू पाउँदा म निकै खुसी छु ।


Read More