Logo

Student Corner

असार १५ धान दिवस

Written by: Ruhjen Jung Khadka - 32014, Grade IV

Posted on: 01 September, 2023

असार १५  तथा राष्ट्रिय धान दिवसमा ‘धानकाे उत्पादन बढाऔँ’ भन्ने नाराका साथ याे दिवस मनाइन्छ । यो दिनलाई राेपाइ महाेत्सव वा राेपाइ दिवसकाे रूपमा पनि चिनिन्छ । नेपालमा हजाराैँ वर्ष पहिलेदेखि धानकाे खेती हुँदै आएकाे छ । नेपाल कृषि प्रधान देश भएकोले असार १५ गते धान राेपेर दही चिउरा खाएर धान दिवस मनाइन्छ । नेपालमा वि‍‌.स २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो । नेपालमा फरक फरक तरिकाले धान दिवस मनाउने गर्दछन् । किसानले आफ्नो तरिकाले मनाउने गर्दछन् । किसानहरू यस दिन हिलो टेकेर एक अर्कालाई हिलाे फ्यालेर खेल्ने गर्छन् । यस दिन किसानहरू राेपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने चलन छ । नेपालमा असार १५ गते वर्षकै लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले यस दिनदेखि दिन छोटो र रात लामो हुँदै जाने हुँदा हिउँदकाे सुरुवात भयो भन्ने गर्छन् । हलगोरुले हिल्याएका खेतको हिलोमा धान रोपेर किसानहरू आपसमा रमाउँछन् । गीत गाउँछन् र हिलोसँग खेल्छन् ।