Logo

Student Corner

Articles

मेराे पाेखरासम्मकाे यात्रा
- Darshana Khadka - 31048, Grad ... 21 September, 2023

२ बर्ष अगाडि  बैशाखमा फुपू,  फुपाजु (भिनाजु) र दुईजना भान्जी दिदीसँग म पोखरासम्मको यात्रामा गएकी थिएँ । त्यसै दिन हामी बिहान छिटो उठ्‌यौँ, नित्यकर्म सकायौँ अनि  चिया नास्ता खाएर  हाम्रो यात्रा सुरु गर्याैँ ।  दिदीहरू र म  नयाँ नयाँ ठाउँ हेर्न र घुम्न निकै उत्साहित थियाैँ । बाटोमा हामीहरूले धेरै गीत पनि गायौँ ।  हाम्रो गाडी  एउटा होटलमा गएर रोकियो । त्यहाँ हामीले खाजा खायौँ ।  खाजा खाइसकेपछि हामीले यात्रा  सुरु गर्याैँ ।  बाटोमा हामीले  हिमाल र पहाड देख्यौँ । हरिया वनजङ्‌गल ,खोला र नदी पनि देख्यौँ । मुग्लिनमा गएर हामीले खाना खायौँ । हामी फेरि हाम्राे यात्रामा लाग्यौँ । वरिपरिका रमाइला दृश्य हेर्दै,  गीत गाउँदै  हामी नेपालको पर्यटकीय  सहर पोखरा पुग्याैँ ।पोखरा साँच्चै सुन्दर सहर रहेछ । त्यहाँ विभिन्न ठाउँबाट मानिसहरू घुम्न आएका थिए । भोलि उठेर  पोखराका महत्वपूर्ण ठाउँहरू  घुमौँला भन्दै हामी एउटा होटलमा खाना खाएर सुत्यौँ  । काठमाडाैँदेखि पोखरासम्मको मेरो यात्रा निकै रमाइलो भयो ।


Read More
तातो आलु खेल
- Sanidhya Tripathi - 32033, Gr ... 20 September, 2023

मेराे मन पर्ने खेल तातो आलु हो । हामी यो खेल फुर्सदकाे समयमा धेरै चोटि खेल्छौँ । यो खेलमा छिटो छिटो एक व्यक्तिले अर्को व्यक्तिलाई बल वा आलु दिनुपर्छ । त्यहाँ एउटा सङ्गीत बजाइएको हुन्छ । सङ्गीत सकिएपछि जसकाे हातमा बल आउँछ । ऊ हार्छ । जसले खेलमा बल वा आलुलाई जमिनमा खसाल्छ ऊ खेलबाट बाहिरिन्छ ।  याे खेलमा जित्नकाे लागि छिटाे छिटो बल पास गर्छन् । त्यसैले याे खेलकाे नाम ताताे आलु भएकाे हाे । याे खेलमा अन्तिममा जाे बाँकी हुन्छ उसले जित्छ । यो खेल धेरै जनालाई मन पर्छ । याे खेलले हामीले  छिटो छिटो काम गर्नुपर्छ भन्ने शिक्षा दिन्छ । यो खेल खेल्न तीन वा तीनभन्दा बढी व्यक्तिहरू चाहिन्छ तर धेरै मानिसहरूसँग खेल्न अझ रमाइलाे हुन्छ । 


Read More
फुटबल
- Sushant Pokharel - 32020, Gra ... 15 September, 2023

मलाई मनपर्ने खेल फुटबल हो । यो खेल समूहमा खेल्ने गरिन्छ । यो संसारकाे लाेकप्रिय खेल मध्ये एक हो । फुटबल खेलमा दुई समूह हुन्छ । प्रत्येक समूहमा ११ जना खेलाडी हुन्छन् । फुटबल मैदानमा खेलिन्छ । याे खेलमा दुईवटा गाेलपाेष्ट हुन्छ र प्रत्येक गाेलपाेष्टमा एक एक जना गोलरक्षक हुन्छन् । खेलाडीहरूले आफ्नाे समूहका साथीहरूलाई फूटबल पास गर्छन् र विपक्षीकाे गाेलपाेष्टमा गाेल गर्ने प्रयास गर्छन् । फूटबल खेल अनुशासनमा रहेर खेल्नु पर्दछ। फूटबल खेलको समय जम्मा ९० मिनेटको हुन्छ । यो खेल घरबाहिर खेलिने खेल हो । फुटबल खेल धेरै दौडिएर खेलिने भएकाेले  खेलाडीकाे शारीरिक कसरत धेरै हुने गर्दछ । यसको साथै आफ्नो समूहसँग समन्वय गरी खेल्ने भएकोले मानसिक रुपमा स्फूर्ति रहन मदत गर्दछ ।


Read More
मछिन्द्रनाथ जात्रा
- Sadagi Koirala - 31026, Grade ... 14 September, 2023

मछिन्द्रनाथ जात्रा नेपालको सबैभन्दा लामो जात्रा हो । मछिन्द्रनाथ जात्रा रातो र सेतो गरी दुई प्रकारका छन् । सेतो मछिन्द्रनाथलाई वर्षाका देवताको रूपमा पूजा गरिन्छ भने रातो मछिन्द्रनाथलाई वर्षा र अन्न दिने देवताको रूपमा पुजिन्छ । सेतो र रातो मछिन्द्रनाथ जात्रामा रातो मछिन्द्रनाथ जात्रा बढी लोकप्रिय छ । रातो मछिन्द्रनाथ काठमाडौँ उपत्यकामा नेवार समुदायले बढी मनाउने  गर्दछन् । यो पर्व नेपालको ललितपुरमा  मनाइन्छ । रातो मछिन्द्रनाथ जात्रा चन्द्र पात्रोअनुसार हुने भएकाले हरेक वर्ष मिति फरकफरक हुने गरेको छ । वर्षाको सुरुमा भगवान रातो मछिन्द्र‌लाई वर्षा र अन्नलाई खुसी बनाउन मनाइन्छ ।


Read More
पुस्तक पढ्ने बानी
- Shreeyan Sangat - 32023, Grad ... 13 September, 2023

किताब ज्ञानको भण्डार हो । हामीले ज्ञान प्राप्तिको लागि पुस्तक पढ्नुपर्छ । हामीले आफ्नो कक्षाको किताबका साथै अरु किताब पढेर ज्ञान बढाउनुपर्छ । हामीले सधैँ कार्टुनको मात्र किताब पढ्न हुँदैन । आफूलाई फुर्सद भएको बेलामा ज्ञान विज्ञानका किताब पढ्नु सबैभन्दा राम्रो बानी हो । किताब धेरै प्रकारका हुन्छन्। जस्तै: कथा, कविता, निबन्ध र विज्ञान तथा प्रविधि,सामाजिकअध्ययन,स्वास्थ्य सम्बन्धी किताब आदि ।  किताब हाम्रो साथी हो । फुर्सद भएको बेलामा आफूसँग किताब भयो भने हामीलाई समय बिताउन गाह्रो हुँदैन । विद्यार्थीहरूले आफ्नो उमेरअनुसारका किताब पढ्नुपर्छ । मेराे विद्यालयमा पुस्तकालय छ । हामी पुस्तकालयमा गएर आफूलाई मन पर्ने पुस्तक खाेजेर पढ्छाैँ । मलाई पनि पुस्तक पढ्न मन पर्छ ।


Read More
विश्व वातावरण दिवस
- Lavanya Karki - 31012, Grade ... 12 September, 2023

विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा हुन्छ । प्रथम  विश्व वातावरण दिवस  जून १९७४ मा मनाइएको थियो ।  यस दिनमा १४० भन्दा बढी देशहरूको सहभागिता रहेको थियाे । वातावरणको सुरक्षा र संरक्षणका लागि यो दिवस मनाइन्छ । याे दिन स्कुल, कलेज, सरकारी  तथा गैर सरकारी इत्यादि निकायहरूले वृक्षारोपणको कार्यक्रम गर्दछन् । यो दिन स्कुलमा वातावरण  सम्बधी महत्त्वपूर्ण जानकारी दिइन्छ । वातावरण दिवस हरेक वर्ष नयाँ याेजनाको साथ मनाउने गरिन्छ । बच्चा र बुढाबुढीलाई वातावरणको महत्त्वको बारेमा जानकारी दिने गरिन्छ । विश्व वातावरण दिवसको दिन पूरै  विश्वभर अनेक प्रकारका कार्यक्रमहरू आयोजना हुन्छन् । विश्व वातावरण मनाउनकाे उद्देश्य वातावरणप्रति जागरुकताको लागि प्रोत्साहन गर्नु हो । हामीले गरेको हरेक क्रियाकलापको प्रत्यक्ष असर वातावरणमा पर्दछ । मानिस र वातावरण एक अर्कमा पूर्ण रूपमा निर्भर छन् । पृथ्वीमा स्वच्छ वातावरणको अभाव भएको खण्डमा हामो जीवन सम्भव  हुन सक्दैन । वातवरणले हामीलाई जीवन जीउनका लागि शुद्ध वायु एवं शुद्ध खानेकुरा उपलब्ध गराउँदछ । यदि हामीले यस वातावरणलाई सुरक्षित राख्ने हो भने वनजङ्गल फडानी रोक्नुपर्दछ । वातावरणलाई सुरक्षित राख्नलाई  धेरैभन्दा धेरै रुखहरू रोप्नुपर्दछ । हामीले पानीको वचत गर्नुपर्छ । प्लास्टिकको झोलाको सट्टा वैकल्पिक झोलाको प्रयोग गर्नुपर्छ । वातावरणलाई हामी सबै मिलेर संरक्षण गर्नुपर्छ ।


Read More