Logo

Student Corner

ल्हाेसार

Written by: Uddhati Bhattarai - 32040, Grade IV

Posted on: 25 August, 2023

विश्वको धेरैजसो देशमा जनवरी १ तारिखलाई नयाँ वर्षको सुरुवातकाे रुपमा मनाइन्छ । नेपालमा भने हामी बैशाख १ गतेलाई नयाँ वर्षको पहिलो दिन मान्दछाैँ । हाल अङ्ग्रेजी वर्ष सन् २०२३ र  नेपाली वर्ष विक्रम सम्वत् २०८० साल चलिरहेको छ । नेपालमा धेरै जातजाति र जनजातिका मानिसहरू मिलेर बस्छन् । यी मध्ये केहीका आ-आफ्ना नयाँ बर्षहरू छन् । गुरुङ, तामाङ र शेर्पा जातिको नयाँ वर्ष फरक फरक छन् । गुरुङ समुदायको नयाँ बर्षको पहिलो दिनलाई तमु ल्हाेसार भनिन्छ । याे पाैष महिनाकाे १५ गतेकाे दिन पर्दछ । ल्हाेसारकाे दिनभन्दा अघिल्लाे साँझदेखि नै  तमु ल्हाेसार मनाउन सुरू गरिन्छ । तामाङ समुदायको पहिलो दिनलाई सोनाम ल्हाेसार भनिन्छ । यो चाड माघे स‌ंक्रान्तिका दिन पर्दछ । हिमाली क्षेत्रमा शेर्पाहरू बसोबास गर्छन् । उनीहरूकाे नयाँ वर्षको दिनलाई ग्याल्पो ल्हाेसार भनिन्छ । प्रायजसाे याे पर्व फागुन महिनामा पर्छ । यस पर्वमा नाै थाेक अन्नकाे खाेले बनाएर खुवाउने गरिन्छ । यी समुदायहरूको पात्रो फरक फरक हुन्छ  तर वर्षको नाम भने जनावरको नामबाट राखिएको हुन्छ ।