Logo

Student Corner

वातावरण दिवस

Written by: Revati Maharjan - 31051, Grade V

Posted on: 28 August, 2023

वातावरण भनेको हाम्राे वरिपरिको तत्व हो । जसले हामीलाई असर गर्छ । वातावरणमा हावा, पानी, वनजङ्गल, माटो, खनिज आदि पर्दछन् । वातावरण जोगाउने अभियान लिएर हरेक वर्षको जुन ५ तारिकको दिनमा विश्वभर वातावरण दिवस मनाइन्छ । 
वातावरण हाम्रो लागि एकदम महत्त्वपूर्ण चिज हो। वातावरणबाट हामीले  अक्सिजन, खाना, पानी, घाम आदि पाउँछाैँ । वातावरणलाई जोगाउन वनजङ्‌गल संरक्षण गर्नुपर्छ,  बाेटबिरुवाहरू रोप्नुपर्छ, खोलानालाहरू सफा राख्नुपर्छ, जथाभावी खनिज पदार्थ निकाल्नु हुँदैन, जथाभावी फोहोर फाल्नु हुँदैन, पुराना गाडीहरू चलाउनु हुँदैन र जनसङ्ख्या नियन्त्रण गर्नुपर्छ ।

 

वातावरण प्रदूषणले धेरै समस्याहरू आउने गर्दछन् । वातावरण दूषित भयो भने विभिन्न प्रकारका रोगहरू लाग्न सक्छन् । धुवाँ धुलोले गर्दा क्यान्सर, दम जस्ता रोगहरू लाग्न सक्छन् । वनजङ्‌गल विनाशले अक्सिजनकाे कमी हुने, पानी नपर्ने, गर्मी बढ्ने, पहिरो जाने जस्ता समस्याहरू आउने गर्दछन् ।
वातावरण धेरै महत्त्वपूर्ण चिज भएकोले वातावरणलाई जोगाउन र संरक्षण गर्न अति आवश्यक छ। हामीले वातावरण दिवसमा मात्र वातावरण सफा गर्ने  होइन कि हामीले हरेक दिन वातावरण सफा गर्नुपर्दछ।