Logo

Student Corner

मेराे दैनिक जीवन

Written by: Bishop Chalise - 2028011, Grade IV

Posted on: 25 March, 2021

म एउटा विद्यार्थी हुँ । मेराे दैनिक जीवन सरल छ । म सधैँजसाे बिहान ६ बजे उठ्छु । आधा घन्टाभित्र म हानमुख धुने र सफा हुने काम गर्छु । त्यसपछि म केही समय शारीरिक व्यायाम गर्छु । जसले गर्दा मेराे मस्तिष्क सफा हुन्छ । त्यसपछि मैले बिहानकाे खाजा खान्छु । बिहान उठेपछि मेराे किताब पढ्ने बानी छ । हप्ताकाे पाँच दिन म विद्यालय जान्छु । मैले शिक्षककले भनेअनुसार कक्षाकार्य र गृहकार्य समयमा पूरा गर्छु । नियमित रूपमा घरमा नयाँ पाठ पढ्ने गर्छु । हाम्राे विद्यालयमा पढाइका साथसाथै खेलकुद, गायन, नृत्यलगायत धेरै अतिरिक्त क्रियाकलापमा भाग लिनुपर्छ । विद्यालयमा फरक कार्यमा भाग लिन पाउँदा मलाई धेरै खुसी लाग्छ । म सबै काम मन लगाएर गर्छु । हामी कक्षाकाेठाका सबैजना साथीहरू मिलेर पढ्छाैँ र खेल्छाैँ । दिउँसाेकाे १२ बजे हाम्राे खाना खाने समय हुन्छ । हामी मिलेर खाना र खाजा खान्छाैँ । त्यसपछि हामी कक्षामा गएर पढ्छाैँ । ४ बजेसम्म पढेपछि म घर फर्कन्छु । एकछिन आराम गरेपछि म खेल्न जान्छु । त्यसपछि घर आएर शिक्षकहरूले दिएकाे गृहकार्य गर्छु र खाना खाएर केही समय टि. भि. हेर्छु अनि सुत्छु । यसरी मैले आफ्नाे दैनिक जीवन बिताउँछु ।