Logo

Student Corner

फूल

Written by: Jyotsana Tako - 2028051, Grade IV

Posted on: 16 March, 2021

फूल सबैलाई मन पर्ने सुन्दर र सुगन्धित प्राकृतिक वस्तु हाे । फूलहरू धेरै प्रकारका छन् । हाम्राे वरिपरि धेरै प्रकारका फूलहरू पाइन्छन् । जस्तैः गाेदावरी, सयपत्री, गुलाब,कमल आदि । हाम्राे नेपालकाे राष्ट्रिय फूलकाे नाम लालीगुराँस हाे । याे फूल अत्यन्त सुन्दर र स्वादिलाे हुन्छ । यसलाई औषधिकाे रूपमा पनि प्रयाेग गरिन्छ । हामीले देख्न नपाएका पनि धेरै फूलहरू रहेका छन् । जस्तैः सर्प, लाैकी फूल, ट्युलिस फूल, दाहिरा फूल, पानस फूल आदि । फूलले हाम्राे वरपरकाे वातावरणलाई सुन्दर बनाउँछ । मन्दिरमा भगवानकाे पूजा गर्न पनि फूलकाे प्रयाेग गरिन्छ । श्रृङ्गारका सामानहरू पनि फूलबाटै बनेका हुन्छन् । हामीले घर, विद्यालय, बाटाेघाटाे लगायतका ठाउँमा फूल राेप्नुपर्छ । सुन्दर फूल र तिनका पातलाई टिप्ने टुटाउने बानी नराम्राे हाे । हामी सबैले फूलकाे संरक्षण गर्नुपर्छ ।