Logo

Student Corner

मेरो विद्यालयको भ्रमण

Written by: Anushree Acharya - 2027003, Grade V

Posted on: 21 March, 2021

मिति २०७६ चैत्र ५ मा  हामी कक्षा ५ काे  सबै विद्यार्थीहरू शैक्षिक म्रमणका लागि पोखरा जाने निर्णय गर्‍याैँ। भ्रमणमा हाम्रा शिक्षकहरू सुवास मल्ल र सीता गाैतम पनि हुनुहुन्थ्याे । हामी सबै स्कूल बसमा गयौँ । हामी सबै खुसी थियौँ ।

हामी बिहानको १०ः०० बजे मुग्लिनमा खाना खान बस्यौँ । हामी १०ः३० मा फेरि गाडीमा चढ्यौँ । हामीले बाटोमा धेरै  त्रिसुली नदी र त्सस वरपरकाे हरियाली दृश्यकाे अवलाेकन गर्‍याैँ । हामी बेलुकी पाँच बजे पोखरा पुग्यौँ । हामी पोखराको लेकसाइडकाे  हौटलमा बास बस्यौँ । दिनभरिको यात्राले गर्दा हामी सबै थाकेर चाडैँ सुत्यौँ । भोलिपल्ट बिहान हामी चार बजे नै उठ्यौँ र पाँच बजे सराङ्कोट पुग्यौँ । हामीले त्यहांँबाट सुर्याेदयकौ मनमोहक दृष्य अवलोकन गर्‍याैँ । त्यो दृष्य अत्यन्त मनमोहक थियो । हामी त्यहाँबाट सात बजे निस्कियौँ । हामीमध्ये केही विद्यार्थीहरू गाडीमा निदायौँ । त्यसपछि हामी फेरि होटलमा नै फर्कियौँ । त्यहाँ हामीले बिहानको खाना दाल, भात र तरकारी खायौँ । खाना खाएपछि हामी सबैले नुहाइ धुवाइ गर्‍याैँ । त्यसपछि हामी प्याराग्लाईडिङकौ लागि निस्कियौँ । प्याराग्लाईडिङ गर्दा मलाई सुरुमा धैरै डर लाग्याे । तर पछि त्यहाँको मनमोहक दृष्य देखेर विस्तारै डर हरायो ।

हाम्रो  भ्रमण  तीन दिनकाे थियाे  । दाेस्राे दिन हामी लुम्बिनी जाने याेजनामा थियाैँ ।  साेहीबमाजिम हामी लुम्बिनीका लागि प्रस्थान गर्‍याैँ  त्यसपछि पाेखरा, स्याङ्जा, पाल्पा बुटवल र भैरहवा हुँदै रमाइला र मनमाेहक हृश्यहरूकाे अवलाेकन गर्दै, गीतहरू गाउँदै  हामी लुम्बिनी गयौँ । त्यहाँ हामीले मायादेवी मन्दिरको अवलोकन गर्‍याैँ ।  साथै धरै देशले बनाएका फरक फरक शैलीका स्तुपहरूकाे पनि  अवलोकन गर्‍याैँ । त्यसपछि हामी होटलमा गएर बस्यौ । हाम्रो शैक्षिक भ्रमणको समय सकिइसकेकाे थियाे ।  । याे कुराकाे जानकारी गराउँदा हामी अत्यन्त दुखी भयाैँ । हामीलाई ३ दिनकाे समय धेरै छोटो लागिरहेको थियो  तर हामीले काठमाडाैँ फर्किनै पर्ने थियाे । अर्को दिन हामी लुम्बिनीबाट हिड्यौँ । हामी सबै अर्को दिन ३ बजे विद्यालय पुग्यौँ । हामी विद्यालयवाट घर गयौँ र आराम गर्‍याैँ । त्यो शैक्षिक भ्रमण  हाम्रा लागि निकै निकै ज्ञानवर्धक र रमणीय भयाे । याे रमणीय पल मेरा लागि निकै अविस्मरणीय रहनेछ ।