Logo

Student Corner

मेराे परिवार

Written by: Yalam Dev Pradhan - 2027023, Grade V

Posted on: 17 March, 2021

मेराे नाम यलमदेव प्रधान हाे । मेराे परिवारमा ६ जना सदस्यहरू छन् ।  म, मेराे दाइ, बाबा, आमा, हजुरबुबा हजुरआमा मेराे परिवारका सदस्यहरू हाैँ । मेराे दाजु क्याम्पसमा पढ्नुहुन्छ । बाबा कार्यालयमा काम गर्नुहुन्छ । हजुरबुबा हजुरआमा घरमा बस्नुहुन्छ । मेराे घर सरस्वतीनगर काठमाडाैँमा छ तर पुर्ख्याैली घर भक्तपुर हाे । हामी चाडपर्व मनाउन, सामाजिक कार्य गर्न र पूजा गर्न भक्तपुर नै जान्छाैँ । हाम्राे कुलदेवताकाे मन्दिर पनि भक्तपुरमा नै छ । हामी प्रत्येक वर्ष कुलपूजाका लागि भक्तपुरमै जानुपर्छ । मेराे सरस्वतीनगरकाे घरमा ठुलाेबुबा र ठुलीआमा पनि हुनुहुन्छ । उहाँ छुट्टै भान्छा गरेर खानेबस्ने गर्नुहुन्छ तर ठुला चाडपर्व र सामाजिक कार्य हुँदा हामी सँगै खाने र रमाइलाे गर्ने गर्छाैँ ।