Logo

Student Corner

बुटवल घुमघाम

Written by: Jenisha B.C. - 2027009, Grade V

Posted on: 15 March, 2021

दशैकाे बिदा थियाे । म मेराे परिवारसँग मामाघर गएकी थिएँ । हामीले मामाघर गएर पहिले टीका जमरा लगाएर आशीर्वाद लियाैँ । केही दिन ममाघर बसेपछि हामीलाई घुम्न मन लाग्याे । त्यसपछि हामी बुटवल फूलबारी घुम्न गयाैँ । हामी त्यहाँ करिब ८ बजे पुगेका थियाैँ । त्यहाँ पुगेपछि हामीले टिकट काट्याैँ । त्यसपछि हामी फूलबारीभित्र गयाैँ । फूलबारीमा रङ्गीबिरङ्गी फूलहरू ढकमक्क फूलेका थिए ।  त्यहाँकाे साैन्दर्यले मेराे मन नै आनन्दित बनाएकाे थियाे । त्यहाँ बाँदरलगायत अन्य जनावरहरू पनि थिए । मेराे मामाले हामी सबै घुमेकाे राम्राे भिडियाे पनि बनाउनुभयाे ।  त्यहाँ जनावरकाे आवाज र चराकाे आवाजले निकै रमाइलाे बनाएकाे थियाे । केही समय घुमघाम गरेपछि हामीलाई भाेक लागेकाे कारणले एउटा हाेटलमा गएर खाजा खायाैँ र त्यहाँबाट फर्क्याैँ । घर फर्कँदा बाटाेमा हामीले कृष्ण मन्दिरकाे दर्शन गर्‍याैँ । हाम्राे त्यस घुमघाम निकै रमणीय र जानकारीमूलक भयाे ।