Logo

Student Corner

मेराे पाेखरा यात्रा

Written by: Prasiddhi Dangol - 2027017, Grade V

Posted on: 09 March, 2021

२०७७ म पुस ५ गतेका दिन म बिहानै उठेँ । मेरा आमाबुबा  पाेखराकाे यात्राका  लागि    तयार भइसक्नुभएकाे थियाे । म पनि हतारहतार यात्राका लागि तयार भएँ । सबै तयारी पूरा भएपछि हामी विनानस्थलतर्फ प्रस्थान गर्‍याैँ । त्यहाँ पुगेर केही समय प्रतीक्षा गर्‍याैँ र त्यसपछि हामी पाेखरा जाने हवाईजहाजमा चढ्याैँ । विमान पाेखराका लागि उड्याे । केही समय हामी हावामा थियाैँ । उडानबाट तल हेर्दा हामीले हरिया पहाडका थुम्काजस्ता देखिने सुन्दर दृश्य र सुन्दर हिमाली दृश्यकाे पनि अवलाेकन गर्ने माैका पायाैँ । यी सुन्दर दृश्यकाे अवलाेकनले मन नै आनन्दित भएकाे थियाे । करिब आधा घण्टाकाे हवाई यात्रापछि हामी पाेखरा पुग्याैँ । 

पाेखरा पुगेपछि हामी एउटा ट्याक्सीमा चढ्याैँ र हाेटलमा रात काट्न बस्याैँ । हाेटलकाे नाम माछापुछ्रे गेस्ट हाउस थियाे । हाेटल अत्यन्त सफा र सुन्दर थियाे । केही समय त्यहाँ विश्राम गरेपछि हामीले त्यहीँ खाजा खायाैँ । त्यसपछि हामी फेवातालमा गएर डुङ्गा चढ्याैँ । त्यहाबाट हामी तालबाराही मन्दिरमा पुग्याैँ अनि हामीले मन्दिरकाे दर्शन गर्‍याैँ । त्यतिबेलासम्म साँझ परिसकेकाे थियाे । थकार्इ पनि निकै लागेकाे थियाे । त्यसैले हामी हाेटलतर्फ फर्क्याैँ र खाना खाएर सुत्याैँ । अर्काे दिन  हामीले शान्ति स्तुपा, विन्ध्यवासिनी, पाताले छाँगाे आदि लगायतका स्थानमा गई त्यहाँका रमणीय र ज्ञानवर्धक स्थलहरूकाे अवलाेकन गरी आनन्द लियाैँ । घुम्ने क्रममा मैले परेवालार्इ चाराे पनि खान दिएँ । त्यस दिन धेरै ठाउँ घुमेर थमकाे कारणले हात मुख धाेएर खाना खायाैँ र भुसुक्क निदायाैँ । पर्सिपल्ट हामी घर फर्कने दिन थियाे । घर जाने कुराले मन दुखी भएकाे थियाे । किनकि मलार्इ पाेखराकाे सुन्दर दृश्यकाे अवलाेकनले मनै फुरुङ्ग भएकाे थियाे तर पनि हामी घर फर्कनु नै थियाे । 

तिन दिनकाे यात्रापछि घर फर्कने क्रममा हामी बसमा चढ्याैँ । करिब ५ घण्टाकाे यात्रापछि हामी काठमाडाैँ आइपुग्याैँ । मेराे घरका सबै परिवारसँग गरेकाे याे यात्रा निकै ज्ञानवर्धक र रमणीय लाग्याे । याे यात्रा मेरा लागि निकै स्मरणीय रहनेछ ।