Logo

Student Corner

Articles

मेरो भाइ
- Joyana Thapa - 2030015, Grade ... 10 November, 2020

मेरो भाइको नाम जाेयस थापा हाे । ऊ दुई वर्षको भयो । उसलाई राम्रोसँग बोल्न आउँदैन तर उसले आमा, दिदी, पापा, नाना आदि शब्दहरू बोल्छ । मेरो भाइलाई चकलेट मन पर्छ । उसले दिनमा एउटा लाेलीपप खान मन पराउँछ । मलाई मेरो भाइ धेरै मन पर्छ । उसले पनि मलाई माया गर्छ । म भाइसँग खेल्छु । मेरो भाइको जन्म मङ्सिरको २३ गते भएको हो । उसको जन्मदिनमा हामी आफन्तहरू बोलाएर रमाइलो गर्छौँ । मेरो भाइ ठुलाे भएपछि ऊ मसँगै स्कुल जान्छ । मेराे भाइ मेरो साथी पनि हाे । ऊ पढ्ने बेलामा मेरो कोठामा आउँछ । किताब कापी समाउँछ । किताब हेरेर कः कः गर्छ । कलम समातेर कापीमा लेखेको जस्तै गरेर काेर्छ । मेरो भाइले घरमा धेरै रमाइलो गर्छ ।


Read More
दसैँ
- Pratyush Lohani - 2030025, Gr ... 09 November, 2020

दसैँ हिन्दुहरूको महान चाड हाे । दसैँमा विभिन्न देवी भगवतीको पूजा र आराधना गरिन्छ । दसैँमा हामीले टीका र जमरा लगाउँछौँ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनामा जमरा राखिन्छ । दसैँको सातौँ दिनलाई फूलपाती भनिन्छ । फूलपातीको दिनमा घरमा फूलपाती भित्र्याइन्छ । दसैँको आठौँ दिन महाअष्टमी हो । यस दिनमा बाेका, राँगो, हाँस, कुखुरा, कुभिन्डो, नरिवल, घिरौँला आदिको बलि दिइन्छ । दसैँको नवाैँ दिनलाई महानवमी भनिन्छ । दसैँकाे दशौँ दिनलाई विजयादशमी भनिन्छ । यस दिन मान्यजनको हातबाट टीका जमरा लगाई आशीर्वाद थापिन्छ । दसैँको पन्ध्रौँ दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन दसैँको अन्तिम दिन पनि हो । दसैँमा आफन्तकहाँ जाने, मामाघर जाने र मिठा खानेकुरा खाइने पर्व हाे । दसैँमा मासु चिउरा खाई चङ्गा उडाएर, पिङ खेलेर रमाइलो पनि गरिन्छ ।


Read More
प्राचीन कालको काठमाडौँ घुमघाम
- Bishrant Sitaula - 2031007, G ... 04 November, 2020

२०७७ साल असोज १३ गते हामी हाङ्केङ गुरुआमासँग अनलाइन कक्षामार्फत प्राचीन काठमाडौँ घुमघाम गर्योँ । मैले त्यहाँ धेरै कुरा देखेँ । गुरुआमाले पुरानाे र नयाँ बौद्ध स्तूपा देखाउनुभयाे । पुरानो  र नयाँ स्तूपामा धेरै फरक रहेछ । पुरानो स्तूपा वरपर सबै ठाउँ खुला थियो । यहाँ कुनै घर थिएन । वरपरको वातावरण सफा थियो ।  वरपरकाे जमिनमा किसानले हलो जोतेर खेती गर्दै थिए । नयाँ स्तूपाको वरिपरि धेरै घरहरू थिए । हामीलाई गुरुआमाले ट्रलिबस पनि देखाउनुभयाे । मलाई  ट्रलिबस राम्राे लाग्याे । गुरुआमाले प्राचीन कालमा नेपालमा कसरी गाडी भित्र्याइयो भन्ने भिडियो पनि देखाउनुभयाे । त्याे दृष्य मलाई धेरै राम्राे लाग्याे । मलाई अनलाइन कक्षाको घुमघाम कार्यक्रम धेरै रमाइलो लाग्यो ।


Read More