Logo

Student Corner

मेरो घर

Written by: Ashrina Nepal - 2029009, Grade III

Posted on: 05 November, 2020

मेरो घर काभ्रेस्थली पदमसालमा छ । मेरो घर दुई तल्लाको छ। घर हरियो र खैरो रङको छ। घरको बाहिर
गमलामा धेरै फूलहरू छन् । मलाई मेरो घरको मन पर्ने ठाउँ कौसी हो, जहाँबाट सबैतिर देखिन्छ। म, मेरी बहिनीसँग
कौसीमा खेल्छु। मेराे र बहिनीको एउटा छुट्टै कोठा छ जहाँ हामीहरू पढ्ने, सुत्ने र खेल्ने गर्छौँ । मेरो कोठामा
पढ्ने टेबल, कुर्सी, किताब राख्ने दराज अनि ठुलो पलङ पनि छ। मेरो घरमा पाँचओटा कोठाहरू छन् । घरकाे सबभन्दा माथि तल्लामा भान्साकाेठा र पूजाकोठा छ।