Logo

Student Corner

Articles

दसैँ
- Shubha Shree Malla - 2030040, ... 22 November, 2020

दसैँ हिन्दुहरूको एउटा रमाइलो चाड हो । याे चाड सत्यको विजय भएको खुसियालीमा मनाइने भएकाले यसलाई विजयादशमी वा बडादसैँ पनि भनिन्छ । यो पर्व सम्पूर्ण नेपालीहरूको राष्ट्रिय पर्व हाे । नेपाली संस्कृतिमा यस पर्वको विशेष महत्त्व रहेको छ । यस पर्वमा आफन्तहरू एक ठाउँबाट अर्को ठाउँमा आएर सबै आफन्त भेला भएर पूजापाठ गरेर खानपान गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाउँछन् । दसैँकाे पहिलो दिन घटस्थापना हाे । त्यसदिन सबैले आ-आफ्नो घरको पूजा कोठामा जमरा राखी दुर्गाभवानीको स्थापना गरी जमरा राख्छन् । साथै टोल टोलका मन्दिरहरूमा दुर्गाभवानीको स्थापना गरेर पूजाआजा गरी आराधना गरिन्छ । दसैँको दशाैँ दिन मान्यजनहरूबाट टीका जमरा लगाई आशीर्वाद ग्रहण गरिन्छ । दसैँको पन्ध्राैँ  दिनमा कोजागत पूर्णिमा पर्दछ । त्यसदिन विभिन्न मन्दिरहरूमा पूजापाठ र मेला हुने गर्दछ । दसैँ विशेषगरी असोज महिनामा पर्ने हुँदा यो रमाइलो मौसम हुने गर्दछ । यस समयमा विद्यालयको छुट्टी पनि लामो हुने हुँदा साथीहरूसँग चङ्गा उडाउएर पिङ  खेलेर रमाइलो गरी दसैँ मनाइन्छ । दसैँ मेराे सबैभन्दा मन पर्ने चाड हाे । 


Read More
दसैँ
- Neelhang Limbu - 2030047, Gra ... 18 November, 2020

दसैँ हिन्दुहरूको एउटा महान पर्व हाे । यो पर्वलाई विजयादशमी वा बडादसैँ पनि भनिन्छ । यो पर्व सम्पूर्ण नेपालीहरूको राष्ट्रिय पर्व पनि हो । यस पर्वमा आफन्तहरू एकै ठाउँमा भेला भएर खानपान गर्दै रमाइलो गर्छन् दसैँ १५ दिनसम्म मनाइन्छ । दसैँको पहिलो दिइलाई घटस्थापना भनिन्छ । यस दिन सबैको घरमा जमरा राखिन्छ त्यसपछि नाै दिनसम्म नवदुर्गा भवानीकाे  पूजा गरिन्छ । दसैँको बेला पिङ खेलिन्छ । मन्दिरमा गई पूजा गरिन्छ दसैँको सातौँ दिनलाई सप्तमी अथवा फूलपाती भनिन्छ । दसैँको आठौँ दिन अष्टमी हाे । त्यसदिन  खसी बोकालाई बलि दिई मासु खाइन्छ । नवमीकाे दिन नवदुर्गा भवानीको पूजा गरिन्छ । दशमीको दिन आफूभन्दा ठूलाबडाका हातबाट टीका जमरा लगाइन्छ र आशीर्वाद लिइन्छ । दसैँमा नयाँ लुगा लगाएर  चङ्गा उडाएर रमाइलो पनि गरिन्छ ।


Read More
सहयोगी भावना
- Aayaan Rai - 2030006, Grade I ... 12 November, 2020

हामीले सबैलाई सहयोग गर्नुपर्छ । यदि हामीले अरूलाई सहयोग गर्‍याैँ भने हामीलाई पनि उनीहरूले सहयोग गर्ने छन् । मलाई अरूलाई सहयोग गर्न एकदमै मन पर्छ । कसैले मसँग सहयोग माग्नु भयो भने मैले त्यो काम रमाएर गरिहाल्छु । मैले मेराे बाजेलाई बिरुवामा पानी, मल हाल्नको लागि सहयोग गर्छु । मैले मेरी आमालाई कोठा सफा गर्न, लुगा धुन, भान्सामा काम गर्न सहयोग गर्छु । हामीले सहयोग गर्छु भनेर मात्र सोच्ने हाेइन गरेर पनि देखाउनुपर्छ । एकअर्कालाई सहयोग गर्दा माया, सद्भाव बढ्छ । परिवार, साथी, छिमेकीहरूलाई सहयोग गर्नुपर्दछ । सहयोगी भावनाले सबैलाई फाइदा हुन्छ ।


Read More