Logo

Student Corner

दसैँ

Written by: Pratyush Lohani - 2030025, Grade II

Posted on: 09 November, 2020

दसैँ हिन्दुहरूको महान चाड हाे । दसैँमा विभिन्न देवी भगवतीको पूजा र आराधना गरिन्छ । दसैँमा हामीले टीका र जमरा लगाउँछौँ । दसैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । घटस्थापनामा जमरा राखिन्छ । दसैँको सातौँ दिनलाई फूलपाती भनिन्छ । फूलपातीको दिनमा घरमा फूलपाती भित्र्याइन्छ । दसैँको आठौँ दिन महाअष्टमी हो । यस दिनमा बाेका, राँगो, हाँस, कुखुरा, कुभिन्डो, नरिवल, घिरौँला आदिको बलि दिइन्छ । दसैँको नवाैँ दिनलाई महानवमी भनिन्छ । दसैँकाे दशौँ दिनलाई विजयादशमी भनिन्छ । यस दिन मान्यजनको हातबाट टीका जमरा लगाई आशीर्वाद थापिन्छ । दसैँको पन्ध्रौँ दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिन दसैँको अन्तिम दिन पनि हो । दसैँमा आफन्तकहाँ जाने, मामाघर जाने र मिठा खानेकुरा खाइने पर्व हाे । दसैँमा मासु चिउरा खाई चङ्गा उडाएर, पिङ खेलेर रमाइलो पनि गरिन्छ ।