Logo

Student Corner

यसपालिको दसैँ

Written by: Shatakshi Pandey - 2030039, Grade II

Posted on: 03 November, 2020

 यही २०७७ साल कार्तिक एक गतेबाट दसैँ सुरू हुँदैछ । हाम्रो ‘घरबाटै पढौँ’ कक्षा पनि कार्तिक ५ गतेबाट राेकिन्छ ।  कार्तिक ५ गतेदेखि हामीलाई दसैँ  बिदा कार्तिक १५  सम्म हुँदैछ । हरेक वर्षको दसैँभन्दा यसपालिको दसैँ रमाइलो नहुने देखिन्छ । कोरोना भाइरसको महामारीले माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने आदि विधि अपनाए र साधारण तरिकाले दसैँको टीका लगाएर दसैँ मनाउने भएका छौँ ।  यसपालि माता दुर्गा भगवतीले हामी सबैको रक्षा गरून् भन्ने मेरो चाहना छ ।