Logo

Student Corner

Articles

राष्ट्रिय जनावर गाई
- Sambid Dhakal - 2029031, Grad ... 06 October, 2020

गाई हाम्रो राष्ट्रिय जनावर हाे । गाईले घाँस खान्छ ।  गाईलाई  गोठमा राखिन्छ । गाईले दुध दिन्छ र यसको दुध धेरै पोसिलो हुन्छ । नेपालका धेरैजसो हिन्दु धर्म मान्ने मानिसहरूले गाईलाई पूजा गर्छन् ।    गाईको गहुँत र गाेबर धेरै कामका लागि आवश्यकता पर्छ। गाईको गहुँतलाई पूजामा चोखो बनाउनका लागि पनि प्रयोग गरिन्छ । गाईको गोबर घरलाई सफा पार्न, लिपपोत गर्न र  मलको रूपमा खेतबारीमा राख्न पनि प्रयोग गरिन्छ । गाईका बच्चा बच्चीलाई  बाच्छा बाच्छी भनिन्छ । जुनसुकै पूजा गर्दा पनि  सबैभन्दा अगाडि गोदान भनेर गाईको पूजा गर्ने र दान गर्ने चलन छ । गाईलाई हामी तिहारमा पनि पूजा गर्छाैँ किनभने गाईलाई हामी लक्ष्मीको प्रतीककाे रूपमा सम्मान र पूजा गर्छाैँ । त्यसैले गाई हाम्रा लागि धेरै उपयोगी र सुन्दर जनावर हो ।


Read More
कुमारी प्रथा
- Shubha Shree Malla - 2030040, ... 05 October, 2020

 हाम्रो देश नेपालमा करिब २00 वर्ष पहिलेदेखि हालसम्म पनि जीवित देवीको रूपमा कुमारीलाई पूजा गर्ने चलन चलिआएको छ, जहाँ नेवार समुदायका ३ देखि ९ वर्षसम्मका बालिकामध्येबाट कुमारी देवीको लागि छनौट गरिन्छ । जसअनुसार कुमारी देवीको छनौट गर्दा बालिकाको  शरीरमा कुनै किसिमको  घाउ, चोट तथा दाग, धब्बा नभएको हुनुपर्छ । कुमारीकाे छनौट गरिसकेपछि कुमारी देवी रहने समयसम्म बालिकाकालाई   कुमारीघरमा राख्ने चलन छ । यस समयमा कुमारी देवीलाई आफ्नो  परिवारबाहेक अरूसँग भेटघाट गर्न दिइँदैन, जहाँ एक वर्षमा तेह्र पटक विशेष दिनहरूमा मात्र कुमारी घरबाट बाहिर निकाली भक्तजनहरूको दर्शन गराइन्छ । साथै कुमारी देवीले खुट्टाले जमिनमा टेक्नु हुँदैन भन्ने मान्यता पनि रहेको छ ।


Read More