Logo

Student Corner

Articles

मासिक पुस्तक
- Sambhavya Pandey - 2029030, G ... 19 October, 2020

म कक्षा तीनमा पढ्छु । कक्षा तीनमा धेरै विषयहरूका पढाइ हुन्छन् । त्यसमध्ये  एउटा मासिक पुस्तक पनि हो । मलाई मासिक पुस्तकहरू धेरै मन पर्छ,  किनभने त्यसमा धेरै कथाहरु पढ्न पाइन्छ । एक महिनामा एउटा किताब पढिन्छ । एउटा किताबभित्र चार पाँचओटा कथाहरू हुन्छन् । कथाहरू हामीलाई बिन्दु गुरुआमाले पढाउनुहुन्छ । गुरुआमाले धेरै रमाइलो गरेर पढाउनुहुन्छ । कथाहरू पालैपालो गरेर पढ्न लगाउनुहुन्छ । हामीले पढेपछि कथा गुरुआमाले बुझाउनुहुन्छ । हरेक हप्ता पढाइ अभिलेख भर्ने गृहकार्य दिनुहुन्छ । यसमा कठिन शब्दहरू लेखेर  त्यसका अर्थ पनि लेख्ने र आफूलाई मन पर्ने भागको चित्र बनाउनुपर्छ । यी कामहरू गर्न धेरै रमाइलो हुन्छ । मासिक पुस्तकभित्रका कथाहरूले हामीलाई धेरै ज्ञानगुणका कुराहरू सिकाउँछ । त्यसैले मलाई नेपाली मासिक पुस्तक धेरै मन पर्छ ।


Read More