Logo

Student Corner

Articles

साइबर अपराध र यसबाट बच्ने उपाय
- Sauharda Bajracharya - 26010, ... 22 August, 2022

बढ्दाे प्रविधिको यस संसारमा अधिकांश मानिसहरू इन्टरनेट र कम्प्युटरको प्रयोग गर्छन् । इन्टरनेटकाे बढ्दो प्रयाेगसँगै मानिसहरू साइबर अपराध र यसबाट कसरी बच्ने भन्नेबारे जान्न आवश्यक छ । साइबर अपराध भनेको कम्प्युटर र नेटवर्क समावेश गरी गरिने अपराध हो । यसले कसैको व्यक्तिगत सुरक्षा र आर्थिक अवस्थालाई हानि पुर्याउन सक्छ । त्यसैकारण, हामीले इन्टरनेटमा आफ्नो व्यक्तिगत जानकारी दिनुभन्दा अघि हामीले त्यो वेबसाइट विश्वासनीय छ कि छैन हेर्नुपर्छ । ठगी अपराध, अनलाइनमा सताउने, साइबर युद्ध, विज्ञापन ठगी, आदि सबै साइबर अपराध अन्तर्गत पर्छन् ।
विश्वमा धेरै मानिसहरू ठगी अपराध र विज्ञापन ठगीमा परेका छन् । सामान्यतया मानिसहरूलाई सामाजिक सञ्जालमा यहाँ क्लिक गर्नुहोस् र १ करोड जित्नुहोस् भनेर स्क्रिन प्रस्तुत गरिन्छ । धेरै मानिसहरू यस जालमा फस्छन् र आफ्नो व्यक्तिगत र अन्य जानकारीहरू राख्छन् र ठगिन्छन् । यदि, हामीले याे सबै भने अनुसारकाे गर्दै गयाैँ भने हाम्राे व्यक्तिगत विवरणबाट ह्याकरले हाम्राे सबै कुरा थाह पाउँछ । यस्तै गरी साइन अप गर्नुहोस् र सित्तैमा केही जित्नुहोस् प्रस्ताव देखेर साइनअप गरेमा हामी ठगिने डर हुन्छ । सूचना प्रविधि सुरक्षा विशेषज्ञहरूले २००१ सालदेखि नै इन्टरनेटमा ठग र घोटालाहरू छन् भन्ने कुरा थाहा पाएका थिए ।

त्यतिबेला त धेरै कम मानिसहरूसँग कम्प्युटर र इन्टरनेट थियो तर अहिले त अधिकांश मानिसहरूसँग कम्प्युटर र इन्टरनेट छ । त्यसकारण अहिले यस्ता साइबर अपराधका घटनाहरू पहिलाभन्दा अझै धेरै छन् । अहिले अधिकांश मानिसहरू इन्टरनेटमा भएकाले मानिसको व्यक्तिगत जानकारी चुहावट गर्ने, अरूको खाता ह्याक गर्ने, धम्की दिने, पैसाको लागि मानिसहरूलाई गैरकानुनी अपराध गर्न लगाउने जस्ता कार्यहरू बढ्दै गएका छन् । इन्टरनेटको माध्यमबाट मानिसहरूलाई धम्की दिएर अनि हत्या गरेका धेरै घटनाहरू पनि छन् । ह्याकरहरूले अरूको कम्प्युटर ह्याक गरेर मालवेयर र भाइरसहरू राखेका धेरै घटनाहरू पनि छन् । जसरी प्रविधिको विकास हुँदै जान्छ, अपराधीहरूले त्यसरी नै अपराध गर्ने नयाँ नयाँ तरिका खाेज्दै जान्छन् । मानिसहरू यस तरिकाको अपराध र ठगीमा पर्नुले हाम्रो समाज प्राविधिक क्षेत्रमा कति पछाडि छ भनेर देखाउँछ । हाम्रो समाजमा कम्प्युटर र इन्टरनेटको बारेमा धेरै कम मानिसहरूलाई ज्ञान भएको कारण ह्याकरहरू सजिलैसँग हाम्रो कम्प्युटरमा सजिलै ह्याक गरी चलखेल गर्छन् ।

यस्ताे साइबर अपराधबाट बच्ने चाहिँ कसरी ? हामी त्यस्ता साइबर अपराध र आक्रमणहरूबाट आफूलाई पूर्ण रूपमा जोगाउन सक्दैनौँ । हामी तिनीहरूलाई रोक्न चाहिँ सक्छौँ । इन्टरनेट चलाउँदा हामी सावधान रहनुपर्छ । हामीले जथाभावी लिङ्कहरू क्लिक गर्नु हुदैँन, थाहा नभएको साइटहरू र लिङ्कहरूमा पनि विश्वास गर्नुहुदैँन । कम्प्युटरमा बलियो पासवर्डहरू राख्नुपर्छ र हामीले पासवर्डहरू अरूलाई दिनु हुँदैन । यदि हामीले अनजानमा पनि त्यस्ता लिङ्कहरू क्लिक गर्यौँ भने हामीले तिनीहरूलाई तुरून्तै बन्द गर्नुपर्छ । यदि हामी त्यस्तो जालमा फस्यौँ भने हामीले सुरक्षा निकायमा रिपोर्ट गर्नुपर्छ । हामीले इन्टरनेटको सुरक्षित प्रयोगको बारेमा मानिसहरूलाई सचेत गराउनुपर्छ । हामीले भाइरस वा खराब सफ्टवेयर डाउनलोड गर्नु हुँदैन । हामी सुरक्षित रहन भि.पि.न प्रयोग गर्नुपर्छ र प्रविधिसँगसँगै अगाडि बढ्दै जानुपर्छ ।


Read More
गाउँ थिएन
- Aarav BC - 25001, Grade X on ... 17 August, 2022

बिहान म उठेँ; ढल्किँदै हल्लिदैँ
निद्रामै थिएँ म अझै, 
घर शून्य लागिरहेको थियो, 
विद्यालय जान ठिक परेँ ।

म हिँड्न तयार भएँ,
घाम आफ्नै गतिमा थियो
गर्मी आफ्नै रफ्तारमा थियो ।
म आफ्नै हतारमा थिएँ ,
कसैले कसैलाई साेध्ने फुर्सद थिएन
याे सहर थियाे; गाउँ थिएन ।

म हिँड्दै थिएँ उनीहरू दाैड्दै थिए 
कोही छाक टार्न जाँदै थिए 
कोही म जस्तै विद्यालय जाँदै थिए
कोही बाटामै सुतिरहेका थिए,
सबै हतारमा थिए ; सबै उस्तै थिए ।

पछाडिबाट आएकाे त्याे आवाज
म ब्युझिएँ काेही उठे काेही राेकिए, 
काेही खम्बा बनेर उभिए,
चिच्याएकाे त्याे आवाजले सबै खम्बा भए,
सबैलाई फुर्सद भयाे; सबै निसास्सिए ।

अबाेध बालक रक्ताम्य अनुहार
आमाकाे छटपटी र कराेडाैँ आँसु,
वर्षाकाे झरी सरी बगिरहे
कसैकाे ओत थिएन,
किनकि याे सहर थियाे;  गाउँ थिएन ।


Read More
प्रकृति विनाश
- Jiya Sapkota - 25003, Grade X ... 15 August, 2022

ए मानिसहरू हो ! 
तिम्रा ती निर्माणका चक्करमा 
धर्ती नष्ट भैइसक्यो    
धर्ती रिसाएर, 
विश्वका हरेक कुनामा त्राश छाइसक्यो 
तर तिमी, 
आफ्नो स्वार्थमा काम गर्दा गर्दा
आफ्नै क्षति  भइरहेको होस समेत पाउँदैनाै ?

ए मानिसहरू ! 
आफ्नो आयु लम्ब्याउनु छ भने
आफ्नो जीवनलाई 
स्वछ जीवन बनाउनु छ भने
आऊ , प्रकृतिलाई पीडा हुनबाट बचाऊ
प्रकृति विनाश नहुने बाटो अपनाऊ

भन्छौ तिमी आफूलाई प्रकृतिको पुजारी  हुँ 
तर
प्राकृतिक स्रोतको उपयोग गरी कुरूप बनाउँछाै किन ?
भन्छौ प्रकृति मेरो विशेषता हो
तर 
रुखबिरुवा मासिँदा,  जमिन भासिदा, 
सुन्दरता हराउँदा तिमी किन माैन ?


प्रकृतिमा विकृति ल्याउने,  ए मानिसहरू हो !
तिमीहरू जुटेर प्रकृतिलाई विनाश हुनबाट बचाऊ ।
आऊ एकता कायम गर
र फेरि त्यही हराभरा प्रकृति फर्काऊ !
फेरि त्यही हराभरा प्रकृति फर्काऊ !


Read More
सूचना प्रविधि र आजकाे विश्व
- Sunabi Pokharel - 25018, Grad ... 10 August, 2022

कुनै पनि घटना वा विषयलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुराउने कार्य सूचना हो । सोही सूचनालाई जानकार गराउने माध्यमलाई सूचना प्रविधि भनिन्छ । अहिलेको समयसम्म आइपुग्दा सूचना प्रविधिको थुप्रै विकास भएको छ । पहिले पहिले परेवा, काग, कुकुरलगायत अन्य जनावरमार्फत सूचना प्रेषण तथा अनुमान गर्ने गरिन्थ्यो । त्यसपछि यस्ता जनावरमाथि भर नपरी चिठी लेख्ने प्रविधिको विकास भयो । यो चिठी एकठाउँबाट अर्को ठाउँमा पुग्न निकै समय लाग्थ्यो । अहिले चिठी लेखेर सूचना पठाउने चलन हराइसकेको छ । अहिले रेडियो, टेलिभिजन, टेलिफोन, फ्याक्स, इमेललगायत अन्य सञ्चारका साधनधनको आविष्कारले सूचना प्रविधिले निकै ठुलो फड्को मारेको छ । यसको सहयोगले मानिसहरू घरमा नै बसी बसी बाहिरी संसारमा विश्वमा घटेका घटनाहरूलाई थाह पाउन सक्छन् । सूचना प्रविधिकाे विकासले संसारका जुनसुकै कुनामा रहेका मानिससँग सम्पर्क गर्न सक्छन् । इन्टरनेट र यसकाे सञ्जालमार्फत जुनसुकै सूचना एक ठाउँबाट अर्काे ठाउँमा सजिलै पठाउन सकिन्छ । यस्तै सामाजिक सञ्जालका माध्यमबाट विश्वभरका जुनसुकै मानिसलाई साथी बनाउन सकिन्छ । सामाजिक सञ्जालमार्फत मनाेरञ्जन लिन सकिन्छ । यी सबै कुराहरू सूचना प्रविधिकाे विकास र बिस्तारले सम्भव भएकाे हाे । हाल डिजिटल माध्यमबाट पैसाकाे काराेबार बैङ्क तथा विभिन्न वित्तीय संस्थामा हुँदै आएकाे छ ।
अहिलेकाे सूचना प्रविधिकाे विकासले आजकाे विश्व साँघुरिएकाे छ । यसले यत्राे विश्वलाई साँघुराे एउटा सानाे गाउँ जस्तै बनाएकाे छ । यसले विश्वमा नयाँ नयाँ चमत्कार गरेकाे छ । त्यसैले अहिलेकाे विश्व भनेकाे सूचना र प्रविधिकाे विश्व हाे ।
 


Read More