Logo

Student Corner

मेराे बाध्यता

Written by: Krituka Sapkota - 23045, Grade X

Posted on: 16 August, 2022

जान त थिएन मन 
आफ्नो ठाउँ छोडेर,
पारिवार छोडेर,
आफन्त छोडेर,
बाध्य बनायो समय र देशले  ।

आमाबुबाको माया र साथीभाइको साथ,
छोडेर जाँदै छु बाध्यता भो आज ।
न त गाँस न त बास,
तैपनि एक मुठी सास लिएर
बाँच्ने अझै छ आश ।

हो यो मेरो बाध्यता,
बाध्यता भित्रका रहर
बगाएर पसिना
त्यागेर निद्रा
सुनौला सपना बुनेर
सुन्दर भविष्यको खोजीमा
म हराउँदै छु ।

सबै आशा भित्रका निराशा
न त मिहिनेतको प्रंशसा
तै पनि कोसिस जारी छ ,
सम्झिँदा आफैँलाई भारी छ ।