Written by: Aarav BC - 25001, Grade X
Posted on: 17 August, 2022
बिहान म उठेँ; ढल्किँदै हल्लिदैँ
निद्रामै थिएँ म अझै,
घर शून्य लागिरहेको थियो,
विद्यालय जान ठिक परेँ ।
म हिँड्न तयार भएँ,
घाम आफ्नै गतिमा थियो
गर्मी आफ्नै रफ्तारमा थियो ।
म आफ्नै हतारमा थिएँ ,
कसैले कसैलाई साेध्ने फुर्सद थिएन
याे सहर थियाे; गाउँ थिएन ।
म हिँड्दै थिएँ उनीहरू दाैड्दै थिए
कोही छाक टार्न जाँदै थिए
कोही म जस्तै विद्यालय जाँदै थिए
कोही बाटामै सुतिरहेका थिए,
सबै हतारमा थिए ; सबै उस्तै थिए ।
पछाडिबाट आएकाे त्याे आवाज
म ब्युझिएँ काेही उठे काेही राेकिए,
काेही खम्बा बनेर उभिए,
चिच्याएकाे त्याे आवाजले सबै खम्बा भए,
सबैलाई फुर्सद भयाे; सबै निसास्सिए ।
अबाेध बालक रक्ताम्य अनुहार
आमाकाे छटपटी र कराेडाैँ आँसु,
वर्षाकाे झरी सरी बगिरहे
कसैकाे ओत थिएन,
किनकि याे सहर थियाे; गाउँ थिएन ।