Logo

Student Corner

अन्तै गइसक्याे

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 19 August, 2022

नदेखाऊ मलाई तिम्रो त्यो रूप, 
नदेखाऊ मलाई तिम्रो अनुहार ।
रेखा काटेर गइसकेको तिम्रो सुन्दरता,
फेरि फर्केर गर्दैनन्  रेखालाई पार।

नदेखाऊ मलाई तिम्रो घाऊहरू,
नदेखाऊ मलाई तिम्रा दागहरू,
रेखा काटिएर हराए तिम्रा ती सुन्दरता,
फर्केर अब आउने छैनन् कहिले ।

नदेखाऊ मलाई तिम्रो दुःख,
नदेखाऊ मलाई तिम्रो खुसी ।
नदेखाऊ मलाई तिम्रो हाँसाे,
हेर्न सक्दिन म गलाकाे पासाे ।

तिमी धेरै टाढा गइसक्याै,
तिमी घामबाट छाया भैसक्य ।.
समय फरक भइसक्याे,
भाग्य अन्तै गइसक्याे।