Logo

Student Corner

सूचना प्रविधि र आजकाे विश्व

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 10 August, 2022

कुनै पनि घटना वा विषयलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुराउने कार्य सूचना हो । सोही सूचनालाई जानकार गराउने माध्यमलाई सूचना प्रविधि भनिन्छ । अहिलेको समयसम्म आइपुग्दा सूचना प्रविधिको थुप्रै विकास भएको छ । पहिले पहिले परेवा, काग, कुकुरलगायत अन्य जनावरमार्फत सूचना प्रेषण तथा अनुमान गर्ने गरिन्थ्यो । त्यसपछि यस्ता जनावरमाथि भर नपरी चिठी लेख्ने प्रविधिको विकास भयो । यो चिठी एकठाउँबाट अर्को ठाउँमा पुग्न निकै समय लाग्थ्यो । अहिले चिठी लेखेर सूचना पठाउने चलन हराइसकेको छ । अहिले रेडियो, टेलिभिजन, टेलिफोन, फ्याक्स, इमेललगायत अन्य सञ्चारका साधनधनको आविष्कारले सूचना प्रविधिले निकै ठुलो फड्को मारेको छ । यसको सहयोगले मानिसहरू घरमा नै बसी बसी बाहिरी संसारमा विश्वमा घटेका घटनाहरूलाई थाह पाउन सक्छन् । सूचना प्रविधिकाे विकासले संसारका जुनसुकै कुनामा रहेका मानिससँग सम्पर्क गर्न सक्छन् । इन्टरनेट र यसकाे सञ्जालमार्फत जुनसुकै सूचना एक ठाउँबाट अर्काे ठाउँमा सजिलै पठाउन सकिन्छ । यस्तै सामाजिक सञ्जालका माध्यमबाट विश्वभरका जुनसुकै मानिसलाई साथी बनाउन सकिन्छ । सामाजिक सञ्जालमार्फत मनाेरञ्जन लिन सकिन्छ । यी सबै कुराहरू सूचना प्रविधिकाे विकास र बिस्तारले सम्भव भएकाे हाे । हाल डिजिटल माध्यमबाट पैसाकाे काराेबार बैङ्क तथा विभिन्न वित्तीय संस्थामा हुँदै आएकाे छ ।
अहिलेकाे सूचना प्रविधिकाे विकासले आजकाे विश्व साँघुरिएकाे छ । यसले यत्राे विश्वलाई साँघुराे एउटा सानाे गाउँ जस्तै बनाएकाे छ । यसले विश्वमा नयाँ नयाँ चमत्कार गरेकाे छ । त्यसैले अहिलेकाे विश्व भनेकाे सूचना र प्रविधिकाे विश्व हाे ।