Logo

Student Corner

कोरोनाभाइरस र लकडाउन

Written by: Sauharda Bajracharya - 2025016, Grade VII

Posted on: 21 September, 2020

कोरोनाभाइरस महामारीका कारण नेपालमा पनि लकडाउन सुरू भयाे  । मैले यस्तो पहिले कहिल्यै अनुभव गरेको थिइनँ । कोरोनाभाइरस महामारीका कारणले नै हामी अनलाइन कक्षाको अनुभव गर्दै छाैँ  । वास्तवमा, यो ठूलो मद्दत थियो किनकि हामी घरमा नै  कतै पनि नगईकन सिक्न सक्थ्यौं। सुरुसुरूमा नेपालमा काेराेना भाइरसमा सङ्क्रमितहरूका  कुनै घटनाहरू थिएनन् तर समय बित्दै जाँदा हजारौं घटनाहरू सुरु भए । त्यसपछि लकडाउन बिस्तारै सुरु भयो ।  बिस्तारै पुरै नेपालमा नै लकडाउन सुरू गरियो र त्यसपछि हामी सबैले आफ्नो पसल र कार्यालयहरू बन्द गर्नुपर्‍यो ।  कोरोनाभाइरसले हाम्रो पुरै संसार लै ध्वस्त परिसक्यो ।  लकडाउन अवधिका सुरूका दिनहरू रमाइला नै थिए । समय बढ्द जाँदा त त्यस्तो रमाइलो हुन सकेन ।  सबैजना घरमा नै बस्न बाध्य छाैँ । हामीले न  हाम्रा साथीहरूलाई भेट्न पायाैँ न त आफन्तजनहरूलाई । तर राम्रो कुरा के भने हामी घरमा बसी सिक्न पायौँ । 


यो लकडाउनमा, मैले आफ्नै युटुब च्यानल सुरू गरें। फुसर्दकाे समयमा म त्यही च्यानलमा नयाँ भिडियाेहरू बनाउने गर्छु । हिजाेअाज मैले हरेक साँझ सरसफाइ  गर्न थालेकाे छु ।  म मेरी सानी भतीजीसँग खेल्छु । उनका कुराहरू सुन्छु । उनका कुरा र उनीसँग खेलिदिँदा रमाइलाे मान्छिन् । हामी यहाँ अनलाइन कक्षा पढिरहेका छौं । समय बित्दै जाँदा हामी अनलाइन कक्षासँग परिचित पनि भयौँ । हामीले भर्खर पहिलाे चाैमासिक परीक्षा पनि समाप्त गरिसकेका छाैँ,  जुन गुगल फर्ममा गरिएको थियो र यदि कोरोनाभाइरस समाप्त भएन भने हामी अझ बढी समयको लागि अनलाइनबाट नै पढ्छाैँहाेला हुन त, हामीसँ अरू कुनै विकल्प पनि छैन । जीवनमा यस्ताे अवस्था आउनु पनि हाम्रा लागि ठूलो अनुभव हाे ।  जब हामी स्कुलमा थियौं ।  हामीले छुट्टी भइदिए पनि हुने कुरा गर्थ्याैँ तर हरेक कुराकाे सीमा भएझैँ लकडाउन छुट्टी जस्तो छैन।