Logo

Student Corner

मेरो देश

Written by: Sonu Lama - 2026021, Grade VI

Posted on: 07 September, 2020

मेरो देशको नाम नेपाल हो । हिमाल, पहाड र तराई गरी  मेरो देश नेपाल तीन भागमा विभाजन गरिएको छ। “नेपालीमा  एउटा भनाइ पनि छ हिमाल, पहाड र तराई कोही छैन पराइ” यसले हामी सबै  नेपाली एक हाैँ भन्ने बुझाउँछ  ।

 मेरो देश नेपाललाई विश्वमा जलस्रोतको दोश्रो धनी देश भनेर चिनिनुको साथै गौतम बुद्घ जन्मेको देश भनेर चिनिन्छ।यति मात्र नभई विश्वको अग्लो शिखर सगरमाथा मेरो देश नेपालमा रहेको छ। उक्त सगरमाथा सोलुखुम्बुमा अवस्थित छ । सगरमाथाको उचाई ८,८४८ मिटर रहेको छ । उक्त सगरमाथा आरोहण गर्नका निम्ति विश्वका धेरै देशका  पर्यटकहरू आउने गर्छन् ।मेरो देश नेपालमा धेरै प्रकारका मठमन्दिर, गुम्बा इत्यादि रहेका छन् । मेरो देश नेपालमा विभिन्न किसिमका भाषा, धर्म मान्ने मानिसहरू एक आपसमा मिलेर बस्छन् । फरक फरक जाति धर्मअनुसार फरक फरक मान्यता रहेका छन् । यहाँका मानिसहरू धार्मिक आस्था राख्दछन् । धर्म जातअनुसार भेषभूषा पनि फरक छन् । 

मेरो देश नेपाल वनजङ्गल तथा जडीबुटीले भरिपूर्ण छ । हरियाली डाँडाकाँडा, नदीनाला, झरना, ताल, हिकाली सुन्दरता आदिले मेराे देशलाई अत्यन्त सुन्दर बनाएका छन् । मेराे देश नेपाल हामी सबै नेपालीकाे मुटु हाे किनभने नेपालविना हामी नेपाली रहन सक्दैनाैँ ।