Logo

Student Corner

लकडाउन: मेराे अनुभव

Written by: Aayusi Shrestha - 2025002, Grade VII

Posted on: 14 September, 2020

जब मेरो अन्तिम परीक्षा समाप्त भयो, म खुसी थिएँ किनकि मैले छुट्टिहरूका लागि धेरै रमाइला योजनाहरू बनाएकी थिएँ । मलाई कोरोनाको बारेमा धेरै थाहा थिएन । कोरोनाको बारेमा थाहा पाएपछि म डराएँ पनि । लकडाउन चाँडै सुरु भएकाले  न त हामी छुट्टिमा कतै  गयौं वा बाहिर खेल्यौं नै। यही बिचमा हामीले चलचित्र र टिभी हेर्‍यौं। सुरु  सुरु मा त दिनहरू रमाइला नै भए तर पछि पछि भने जब लकडाउन लामो हुन थाल्यो, हामी सबैलाई अल्छि लाग्दै जान थाल्यो थियौं र बाहिर जान मन लाग्यो । हामी हाम्रो जीवनलाई जोखिममा पार्न पनि सकेनाैँ। मलाई कसैले घरभित्र थुनिदिएको जस्तो लाग्न थाल्यो। तर समय बित्दै जाँदा मैले महसुस गरेँ कि लकडाउनले मलाई मन पर्ने चीजहरू गर्न बढी समय दिएकाे छ । मैले यसकाे सक्दाे सदुपयाेग गर्न जरूरी छ । पहिला त त्यो समयमा विद्यालयको काम गर्दा जान्थ्यो तर अब मैले धेरै समय पाएकी छु। मैले रेखाचित्र, बेकिंङ्ग, र फेरि लेख्न सुरु  गरेँ र महिनौँपछि पहिलो पटक स्वतन्त्रताकाे महसुस गरेँ । म  सिर्जनात्मक भएकोमा कति राम्रो महसुस गरें भनेर बिर्सिसकेकी थिएँ । मैले आफ्नो परिवारसँग बढी समय बिताउन थालें । हामीले महसुस गर्‍यौं कि बाहिर जानेले जोखिम बढी पार्दछन् त्यसैले हामी घरमै बस्यौं। मैले मेरो मन पर्ने पुस्तक 'Diary of a wimpy kid' पढें। मैले कद्दू, आलु, खुर्सानी, पालक, गेडागुडीहरू, पानी लौकी, टमाटर आदि लगाएँ  । समय बितेपछि स्कुलले अनलाइन कक्षा सुरु गर्‍यो । सुरुमा यो बुझ्न कठिन भयो कि कसरी अनलाइन कक्षाको उपयोग गर्ने। अब एक महिना भयो र मैले चकलेट केक, एक कागती केक, रोटी, केरा र अखरोट केक बनाएँ । मैले यो पनि सिकेँ कि खाना पकाउनु र बेकिंङ्ग कुनै ठूलो कुरा त होइन रहेछ । मात्र चाहाना र कामप्रतिकाे लगनशीलता आवश्यक पर्दाेरहेछ ।

लकडाउनले हामीलाई सिकायो कि चीजहरू हतारमा गर्नुपर्दैन । लकडाउनले हाम्रो जीवनमा धेरै प्रभावहरू पारिरहेकाे छ तर हामीले यो महसुस गर्नुपर्दछ कि समय अनमोल छ र हामी फलदायी हुनुपर्दछ ।