Logo

Student Corner

मेराे भविष्यकाे याेजना

Written by: Aakanchhya Khadka - 2026001, Grade VI

Posted on: 10 September, 2020

हामी साना बालबालिका हाैँ ।  अहिले हाम्रा हरेक कुरामा रेखदेख गर्ने काम हाम्रा अभिभावकहरूले गर्नुहुन्छ ।  हाम्रो उज्ज्वल भविष्यको सपनालाई साकार पार्नका लागि हाम्रा शिक्षकहरूले पनि उत्तिकै मार्गनिर्देशन गरिरहनुभएको छ ।  हामी भविष्यमा केही बन्नुछ ।  हामीले भविष्यका लागि केही लक्ष्य लिनु छ । यसरी भविष्यमा के भन्ने कुराको निर्णय लिनु अर्थात योजना बनाउनु नै भविष्यको योजना हो । 

 हामी साना बालबालिका ठुलो भएर केही गर्नुछ  । केही गर्नु नै हाम्रो जिम्मेवारी हो  त्यसैले हामीले सानैदेखि भविष्यमा के बन्ने भनी योजना   बनाउछौँ ।  योजना बनाएर मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सक्दैनौँ ।  त्यसका लागि हामीले निरन्तर परिश्रम गर्नुपर्छ । हामीले गर्ने परिश्रम पनि यस्तो होस् जसले हामीले भविष्यमा लिएको लक्ष्य अर्थात् आफूले बनाएको योजनालाई सफल पार्न सकियोस् ।  सबै बालबालिकाहरूमा आफ्नो योजना हुन्छ ।  मैले भविष्यमा गायिका बन्ने योजना बनाएकी छु अर्थात् मेरो भविष्यको लक्ष्य भनेको गायिका बन्नु हो ।   गायिका बनेर म राम्रो गीत गाउन चाहन्छु ।  म नेपालका सम्पूर्ण मानिसहरूलाई राम्रो गीत गाएर मनोरञ्जन दिन चाहन्छु त्यतिमात्र होइन मैले आफ्ना गीतको माध्यमबाट सन्देश दिन चाहन्छु ।  गीतको माध्यमबाट मैले संसारमा छाप छोड्ने छु अर्थात् आफ्नो नाम विश्वमा कमाउने छु ।  त्यसका लागि मैले आजैदेखि  सङ्गीत सिक्ने काम गरेकी छु ।  मेरो मुखमा जति बेला पनि गीतकै   बास गरेको छ  अर्थात् म धेरै समयसम्म गीत नै गाइरहेकी  छु । म गायिका बनेर विश्वका ठुलाठुला मानिसहरूले जस्तै नाम कमाउन चाहन्छु ।  म चाहन्छु जब विश्वका धेरै ठुलाठुला गायकहरूको नाम आउँछ त्यतिबेला मेरो नाम पनि होस् ।  गीत सङ्गीतबाट नै  इज्जत  कमाउने भन्ने मेराे  चाहना छ । यसका लागि म निरन्तर गीतसङ्गीतको साधनामा लाग्नेछु निरन्तर गीत गाउने छु र सङ्गीतको क्षेत्रमा निकै परिश्रम गर्नेछु ।  गीत सङ्गीतबाट मात्र नभएर मैले मेरो देशको नाम अन्य राम्रा राम्रा काम  गरेर राख्नेछु ।  मेरो गायिका बन्ने सपनामा मेरा अभिभावकहरूले पनि साथ दिनुभएको छ र दिनु नै हुनेछ भन्ने  कुराको आशा गर्दछु ।  म ठुलाे भएर आफ्नो सपनालाई विपनामा  बदल्नको लागि निरन्तर लागि पर्नेछु  । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि भन्नुभएको छ, “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।”  यस भनाइले भविष्यमा केही बन्नुछ भने उद्देश्य लिनुपर्छ भन्ने कुराको पुष्टि गर्दछ  त्यसैले मेरो भविष्यको योजना अर्थात् उद्देश्य भनेको गायिका बन्नु हो ।  गायिका बनेर नाम कमाउनको लागि म निरन्तर अगाडि बढेकी छु र बढ्ने नै छु ।