Logo

Student Corner

बास्केटबल

Written by: Nishant Mahato - 2025010, Grade VII

Posted on: 09 September, 2020

आज मान्छेहरू आफ्ना आफ्ना मोबाइललाई छोड्दैनन् र मोबाइलमा नै अधिकांश समय  बिताएका हुन्छन् । न मान्छेहरू खेलकुदमा सक्रिय छन् न राम्ररी हिलडुल गर्छन्  । मानिसहरू यसरी घरमा मात्र बसे भने जिउ मोटाउॅछ र एकदिन मान्छेहरू राम्ररी हिलडुल गर्न सक्दैनन् र एउटा सानो काम गर्न पनि अल्छी मान्छन् । यस्ता किसिमका बानीबाट हट्न वा हटाउन हामी खेल्नुपर्छ वा खेलकुदमा सहभागी  हुनुपर्छ र यस्तै विभिन्न किसिमका खेलहरूमध्ये बास्केटबल पनि एक हो । 

बास्केटबल दुई टोलीका बीचमा खेल्ने खेल हो र यो खेलमा भकुन्डाे एउटा टोलीले अर्को टोलीको  गोलो टाेकरीमा हाल्नुपर्छ। यो खेलमा एउटा टोलीमा ५ जना र अकोॅ टोलीमा ५ जना हुन्छन् । यो खेल ५/५ वा ३/३  जनाकाे समूहमा पनि खेलिन्छ । बास्केटबलमा एउटा ठुलो सङ्घ छ र त्याे सङ्घलाई एन. बिइ. ए ( नेसनल बास्केटबल एसोसिएसन ) भनिन्छ । एन. बिइ.एमा चाहिँ ५/५ जनाकाे समूहमा खेलिन्छ । बास्केटबलमा धेरै रणनीति हुन्छन् । बास्केटबलमा धेरै नियमहरू पनि छन् । जस्तै-बास्केटबलमा बल समातेपछि २ चरणभन्दा  धेरै चरणहरू लिन पाइँदैन  र अर्को टोलीको मान्छेलाई हान्न पाइँदैन । लाइनभन्दा बाहिर जान पाइँदैन । बास्केटबलका धेरै फाइदाहरू पनि छन् ।  यसले शरीरकाे उचाइ बढाउन सहयोग गर्छ । हाम्राे स्वास्थ्यलालाई राम्राे पार्छ ।  त्यसैले हामी बास्केटबल खेल्नुपर्छ । 

मलाई बास्केटबल खेल्न मन पर्छ । म भविष्यमा देशको ठुलो बास्केटबल खेलाडी बन्नेछु । आफ्नो स्वास्थ्य राम्रो राख्न कुनै न कुनै  खेल खेल्नुपर्छ र म बास्केटबल खेल्छु र सबै जनालाई बास्केटबल खेल्ने सुझाव दिन्छु ।