Logo

Student Corner

Articles

लुम्बिनी
- Sophia Shrestha - 29034, Grad ... 04 October, 2021

 लुम्बिनी  हाम्राे देश नेपालकाे तराइ प्रदेशमा पर्छ । लुम्बिनी भगवान बुद्धकाे जन्मस्थल हाे । यहाँ देश तथा विदेशका मानिसहरू घुम्न आउँछन् । याे ठाउँ असाध्यै सुन्दर छ । याे भैरहवाबाट पश्चिमपट्टि पर्छ । याे ठाउँमा मायादेवी र बुद्धका मूर्तिहरू छन् । मायादेवी मन्दिरकाे परिसरमा अशाेकस्तम्भ छ याे ढुङ्गाले बनेकाे छ । मायादेवी मन्दिरकाे दक्षिणमा पाेखरी र पिपलका ठुलाठुला रूखहरू छन् । यहाँ नेपाल ,भारत, जापान, चीन,बर्मा आदि देशहरूले बनाएका सुन्दर सुन्दर मन्दिरहरू छन् । लुम्बिनी सुन्दर र रमणीय अनि विश्वसामू हाम्राे पहिचान दिने मन्दिर हाे । 


Read More
मेसीको भावपूर्ण बिदाइ : बार्सिलोना फर्कने इच्छा
- Aaradya Dev Joshi - 30002, Gr ... 04 October, 2021

'मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कनेछु र फरक भूमिकामा हुनेछु'
-मेस्सी
श्रावण २४, २०७८एजेन्सी
बार्सिलोना — लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग भावपूर्ण बिदा लिएका छन् । मेसी पत्रकार सम्मेलनका माध्यमबाट प्रस्तुत भए र यस क्रममा आफूलाई रोक्न असफल रहे । मेसीले आँसु लुकाउन सकेनन् । उनले भने, ‘बार्सिलोनामा बिताएका समय केही राम्रा रहे, केही नराम्रा । तर बार्सिलोनाका जनताले मलाई गरेको माया उस्तै रह्यो । मलाई विश्वास छ, कुनै दिन फेरि बार्सिलोनामा फर्कने छु र फरक भूमिकामा हुनेछु ।’

उनले पत्रकार सम्मेलनका क्रममा धेरै भन्न खोजेको तर भन्न नसकेको पनि बताए । उनले भने, ‘बार्सिलोना छाड्दै छु । तथ्यमा म अझै पनि विश्वास गर्न सकिरहेको छैन । तर अहिले मेरो जीवन सधैंका लागि फेरिँदैछ र यो तथ्यलाई स्वीकारेर अगाडि बढ्नु नै ठीक हुनेछ ।’ उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थकमाझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने पनि बताए ।
स्राेतः पत्रपत्रिका


Read More
वैज्ञानिकका आविष्कार
- Shreedha Risal - 29031, Grade ... 01 October, 2021

वैज्ञानिकहरूले हाम्राे जीवनलाइ सजिलाे बनाउन नयाँ नयाँ आविष्कार गरेका छन् । यसरी हामीलाइ दैनिक जीवन सजिलाे बनाउन वैज्ञानिकहरूले निकै ठुलाे याेगदान दिएका छन् ।
माइकल फेराडेले डायनामाे आविष्कार गरे । विल्भर राइट र ओर्भिल राइटले हवाइजहाज बनाए । मेरी क्यूरीले रेडियाेधर्मी किरण बनाइन् ।यसैगरी  अल्वर्ट आइन्स्टाइनले रेफ्रिजेरेटरकाे आविष्कार गरे ।
वैज्ञानिकहरूका अन्य धेरै आविष्कारहरू छन् । हामीले प्रयाेग गर्ने हरेक चिजहरू उनीहरूकै देन हुन्। वैज्ञानिक आविष्कारविना हामीहरूले हाम्राे जीवन कल्पना पनि गर्न सक्दैनाैँ ।


Read More
सगरमाथा
- Sambid Dhakal - 30028, Grade ... 30 September, 2021

हाम्राे देश नेपाल  हिमाल पहाड र तराई मिलेर बनेको देश हो । यहाँ उत्तरदेखि मध्यपहाडसम्म धेरै खालका पर्वतहरू रहेका छन् ।  कुनै पर्वतहरू हरिया रूखहरूले भरिएका छन् भने  कुनै पर्वतहरू हिउँले ढाकिएका छन् ।  कुनै पर्वतहरू रुखबिरुवा बिना नाङ्गै पनि रहेका छन् ।  हरिया रुखहरूले भरिएका पहाडहरू हेर्दा पनि हाम्रो मन आनन्दित हुन्छ भने अझ हिउँले ढाकिएका पर्वतहरू देख्दा त हामी सबैको मन नै लोभिन्छ । 

 नेपालको उत्तरपट्टि बाह्रै महिना चाँदी झैँ  टल्किने हिमालहरू छन् ।  विश्वमा हिमालको देश भनेर चिनिने हाम्रो देश नेपालमा आठ हजारभन्दा  अग्ला आठवटा हिमालहरू छन् ।  ती हिमालहरूमध्ये सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो।  यो सोलुखुम्बु जिल्लामा पर्छ । यसको उचाइ ८,८४८.८६ मिटर अग्लो छ। यसकाे वरिपरि पनि अरू अग्ला अग्ला हिमालहरू छन् । सगरमाथालाई माउन्ट एभरेष्ट पनि भनिन्छ। सागरमाथा चढ्नु  कठिन कार्य हो तर पनि मानिसहरू सगरमाथा चढ्छन् । सगरमाथा चढ्ने पहिलो व्यक्ति  तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारी हुन् । त्यसैगरी सागरमाथा चढ्ने पहिलो महिला पासाङ ल्हामु शेर्पा हुन् । 

बर्षै पिच्छे सगरमाथा चढ्न धेरै विदेशी पर्यटकहरू पनि आउँछन् भने नेपालीहरू पनि विदेशीहरूसँग सगरमाथा  आरोहण गर्छन् ।  यति टाढाबाट हेर्दा त धेरै सुन्दर लाग्ने  सगरमाथा नजिकै गर्दा कति राम्रो होला हामीलाई अनुमान गर्न पनि कठिन छ ।  सगरमाथाको आधार शिविर नाम्चेबजार हो  ।  सगरमाथा चढ्नुभन्दा पहिले पर्यटकहरू नाम्चे बजारमा पुग्दछन् ।  सगरमाथा हाम्रो देशको शान हो र पहिचान पनि हो ।  विश्वका मानिसहरूले हाम्रो देशलाई सगरमाथाको देश भनेर चिन्छन् ।  त्यसैले सगरमाथाले गर्दा हाम्रो देश नेपालको नाम उच्च रहन पुगेको छ । 


Read More