Logo

Student Corner

मेराे देश

Written by: Shiwanshu Kuikel - 30031, Grade IV

Posted on: 15 November, 2021

कति खाेजेँ देश मैले बाेकी मनभित्र
आखिरमा देश पाएँ आफ्नै छातीभित्र
देश हेर्न लेक ,बेँसी, तराइ सबै धाएँ
बुझ्दाखेरि आफ्नाे देश आफैँसित पाएँ
मन दिन छातीभित्र देश मैले भेटेँ
डाँडाकाँडा जताततै देशैदेश देखेँ
मेची,काेशी, सेती,काली, कर्णालीका तीर
आफ्नै रगत बगेजस्ताे आफ्नै मुटुनिर
पहाड, मधेश, हिमाल सबै मेराे घरबार
सबै जात सबै वर्ग मेराे परिवार
नेपालीकाे आँसु पुछ देशले मलाई भन्छ 
नेपाललाई बिर्से भनेँ कसले मलाई गन्छ?