Logo

Student Corner

पुस्तक समीक्षा: जलपरीकाे सङ्घर्ष

Written by: Yureka Adhikari - 29049, Grade V

Posted on: 12 November, 2021

परिचय
जलपरीकाे सङ्घर्ष एउटा सचित्र बालचित्रकथामा आधारित पुस्तक हाे। यस  पुस्तकका लेखक दीपक गाैतम हुन्। यस पुस्तकका सम्पादक शान्तदास मानन्धर हुन्। यस कथाकाे प्रकाशक संस्था एपाेलाे अफसेट प्रेस प्रा.लि. काठमाडाैँ हाे।
कथावस्तु
कुनै समयमा जलपरी नामकी एउटी केटी थिई। जलपरीकी आमाले उन लाई कतै नजानू भनिन्। जलपरीकाे साथीकाे जन्मदिन भएकाले नगए साथीहरू रिसाउँछन् भनी। आमाले तिम्राे कपालमा धेरै लट्टा रहेछ भनेर काँटा लगाइदिइन्। पछि ऊ जन्मदिन न सन्मदिन भन्दै सार्कसँग घुम्न गई। सार्कले जलपरीलाई पिठ्युँमा बसालेर रमाइला ठाउँहरू देखाउँदै एकान्तमा लिएर गयाे। अनि मूर्ख केटी म तँलाई खान्छु भन्याे। जब सार्कले झम्टिन खाेज्याे जलपरीले आफूलाई बचाउन खाेज्दा जालमा परी तर आमाले दिएकाे काँटाकाे सहायतामा जालबाट पनि निस्की। ऊ घर ढिलाे पुगी। आमाले साेध्दा सुरुमा नबताए पनि सबै कुरा पछि बताई।
पात्रहरू
जलपरीकाे सङ्घर्ष कथामा खराब पात्रका रूपमा सार्क र जाल थाप्ने मान्छे छन्। सार्कले साेझी जलपरीलाई खान खाेज्छ अनि मान्छेले निर्दाेष जनावरहरूलाई मार्न जाल थाप्छ। 
जलपरी र उनकी आमा यस कथामा असल पात्रका रूपमा छन्। उनीहरू साेझा छन्। जलपरीलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने पनि थाहा थिएन। 
परिवेश
जलपरीकाे सङ्घर्ष कथाकाे मुख्य परिवेश समुद्र हाे। यस कथामा प्रसङ्गगत परिवेश मुगा भएकाे ठाउँ, जलपरीकाे साथीकाे घर हाे। यसैगरी स्थलगत परिवेश जलपरीकाे घर,बगैँचा,माझीकाे गाउँ आदि हुन्। 
सिफारिस
जलपरीकाे सङ्घर्ष कथा शिक्षामूलक कथा छ। यस कथामा माछालाई पात्र बनाएर आफ्नै वरपरका मानिसकाे पनि आँखा बन्द गरेर विश्वास गर्न नहुने कुरा उपयुक्त प्रसङ्ग दिएर सिकाएकाे छ।कथा असाध्यै राेचक पनि छ। त्यसैले याे कथा पढ्न सबैलाई सिफारिस गर्छु।