Logo

Student Corner

बुबाकाे मुख हेर्ने दिन

Written by: Sambhabya Pandey - 30027, Grade IV

Posted on: 12 November, 2021

भाद्र कृष्ण औँसीलाई कुशेऔँसी भनिन्छ । यस दिनलाई बुवाकाे मुख हेर्ने दिन पनि भनिन्छ । याे वर्ष बुवाकाे मुख हेर्ने दिन भदाैकाे २२ गते परेकाे थियाे । याे दिन हामीले आफ्ना बाबाकाे मुख हेर्न मिठाेमिठाे खाने कुरा खुवाउने अनि उपहार पनि दिने चलन छ । बुवा नहुनेले भने यस दिन गाेकर्णमा गएर नुहाउने अनि गुरूहरूलाई दान दिने चलन छ । 
याे दिन कुशेऔँसी पनि भएकाले घरघरमा कुश ल्याएर राख्ने चलन छ । कुश विवाह, ब्रतबन्ध,पूजा, अनि सम्पूर्ण शुभकार्यमा प्रयाेग हुन्छ । त्यस्तै श्राद्ध,पितृकार्यमा पनि कुश चाहिन्छ । कुशेऔँसीकाे दिन बाहेक कुश अरू दिन उखेलेमा महापाप लाग्ने जनविश्वास छ । 
बुवाकाे मुख हेर्ने दिन मैले पनि बाबाकाे मुख हेरेँ। मैले बाबालाई मिठामिठा खानेकुरा र उपहार दिएँ । आफ्नै हातले बाबालाई खुवाएँ अनि बाबा पनि निकै खुसी हुनुभयाे। बाबालाई आफ्नै हातले शुभकामना कार्ड पनि बनाएर दिएँ । ढिलै भए पनि याे दिनकाे सबैलाई शुभकामना ।