Logo

Student Corner

Articles

डियरवाक फिष्ट
- Agraj Rijal - 29004, Grade V ... 14 January, 2022

मङ्सिर ५ गते आइतबार हाम्रो विद्यालयले डियरवाक फिष्ट सम्पन्न गर्यो । हामीले फिष्टमा आउनु अघि अनलाइन फारम भर्नु आवश्यक थियो। हामीले कति मोमो र पानीपुरी खान चाहन्छौं त्यो फारममा भर्नुपर्यो। हामीसँग को आउँदै हुनुहुन्छ भनेर पनि त्यसमा भर्नुपर्थ्याे। डियरवाक फिष्ट डियरवाक कलेजमा भयो । डियरवाक फिष्ट बिहान १०ः०० बजे सुरु भएर बेलुका ४ः००  बजे सकियो । डायरवाक फिष्टमा त्यहाँ फुटबल, डार्ट जस्ता रोचक खेलहरू थिए। डियरवाक फिष्ट मा धेरै मानिसहरु आएका थिए । मैले  त्यहाँ मेरा धेरै साथीहरु भेटेँ । मैले मेरा धेरै शिक्षकहरूलाई पनि देखेँ । मैले मेरो साथीहरुसँग धेरै कुराहरु खेलेँ ।  जित्ने मानिसले एउटा डायरी पाउँथ्यो । मैले तीनवटा डियरवाक डायरी  पाए । मोमो र पानीपुरीको स्टल दिउँसो २ बजेदेखि खुल्यो । मोमो र पानीपुरी स्टलमा मानिसको भीड थियो । रमाइलाे गरेर, खेलहरू खेलेर, मिठामिठा खानेकुरा खाएर हामी फर्कियाैँ । 
 


Read More
माघे सक्रान्ति
- Sambhavya Pandey - 30027, Gra ... 14 January, 2022

माघ महिनाको १ गतेलाई  माघे सक्रान्ति भनिन्छ ।यसलाई मकर सङ्क्रान्ती पनि भनिन्छ । यो बर्ष यही आउदो शनिबार परेको  छ । मलाई  तिलको लडु  धेरैमन पर्छ । त्यसैले मलाई यो माघे सक्रान्ति एकदम मन पर्छ ।यो  दिन घीउ चाकु तीलको लडू खानि चलन छ । यस दिन तरुल सखरखण्ड  पनि खानि चलन छ ।  तरुल, सखरखण्ड तीलको लड्डू अघिल्लो दिन नै बनाएर भोलिपल्ट खानि चलन छ । यस दिन खिचडी पनि खाने चलन छ । खिचडी  कालोदाल र चामल सँगै मिसाएर बनाइछ अनि यसलाई घिउ राखेर खानुपर्छ । यस  दिन  तीर्थस्थल देवघाटमा ठुलो मेला लाग्छ । यसदिन देवघाटमा देश भरिका मानिसहरु  स्नान गर्न जान्छन् । यो दिन थारू समुदायको ठुलो चाड पनि हो । उनीहरुले यस दिनलाई माघी पर्वको  रुपमा धुमधाम सँघ मनाउँछन । थारू समुदायले मिठामिठा  परिकार खाएर नाच गान गरेर मनाउछन ।
 


Read More
गाई
- Prasiddha Shrestha - 30021, G ... 13 January, 2022

गाई नेपालकाे राष्ट्रिय जनावर हाे । याे घरपालुवा जनावर हाे । नेपालमा हिन्दू धर्म मान्नेहरूले गाईलाई लक्ष्मीका रूपमा पूजा पनि गर्छन् । गाईकाे दुध धेरै पाेषिलाे हुन्छ । यसकाे बहरलाई किसानले हलाे जाेत्नका लागि प्रयाेग गर्छन् । गाईकाे दुधबाट दही, माेही,नाैनी, बटर, पनिर इत्यादि बनाउन सकिन्छ । गाईकाे दुध मात्र नभइ गाेबर र गहुँत पनि शुद्ध मानिन्छ । गाईकाे गाेबरले पाेतेकाे ठाउँलाई पवित्र मानिन्छ । गाईकाे मृत्यु भइसकेपछि यसकाे छाला विभिन्न सामग्री बनाउन प्रयाेग गरिन्छ भने हड्डी चाहिँ टाँक, चुरा बनाउनका लागि पनि प्रयाेग गरिन्छ ।  त्यसैले गाईलाई एउटा उपयाेगी जनावरका रूपमा लिन सकिन्छ ।


Read More
मेरो कोरोना अनुभव
- Rushka Sapkota - 29024, Grade ... 13 January, 2022

फागुनकाे महिना  थियाे । मेरा साथीहरूले विद्यालमा र कक्षाकाेठामा माक्स लगाउन थाले । हाम्री कक्षा शिक्षिकाले हामीलाई चिनमा नयाँ भाइरस आएकाे कारणले  हामीलाई स्वास्थ्यसम्बन्धी सचेत हुन भन्नुभयाे ।

चैतमा हुने परीक्षा फागुनमा नै भयाे । परीक्षा भएपछि विद्यालयहरू बन्द भए ।  हामीले डियरवाक सिफल नाइटकाे लागि राम्राे तयारी गरेका थियाैँ ।  त्याे कार्यक्रम पनि  रद्द भयाे । कार्यक्रम रद्द हुँदा निकै नरमाइलाे लाग्याे । त्यसपछि त झन नेपाल सरकारले लकडाउन गर्‍याे । पसल, यातायात, कार्यालयलगायत सम्पूर्ण संस्थाहरू बन्द भए । बाहिरी वातावरण सुनसान हुन थाल्याे । देश विदेशमा मान्छेहरू बिरामी भएका र मरेका समाचार आउन थाले । परीक्षा सकेर विद्यालय बिदा भएकाे खुसीमा रमाएका र खेलेका हामी बालबालिकाहरूकाे खुसीमा छिटै कालाे बादल लाग्याे ।  मेराे जन्मदिन आएकाे थियाे । नजिकैकाे मन्दिरमा गएर  पूजा गरी मैले जन्मदिन मनाएँ तर पहिलेजस्ताे रमाइलाेसँग मनाउन पाइनँ ।हामी बाहिर खेल्न घुम्न पाएनाैँ । हाम्राे विद्यालयले वैशाख १५ देखि अनलाईन कक्षाकाे सुरुवात गर्‍याे ।म मेरा साथीहरूलाई भेट्न उत्साहित भएँ ।  अनलाईन कक्षा सुरु भएपछि मैले कक्षा लिन सुरु गरेँ तर अनलाईन कक्षामा निकै समस्या भाेग्नुपर्‍याे । कहिले इन्टरनेट जाने, कहिले बत्ती जाने, कहिले शिक्षक बाेलेकाे नसुनिनेजस्ता समस्याले साेचेजस्ताे भएन ।

मैले त्यस समयमा आफ्नाे गृहकार्य गर्ने आफ्ना अभिभावकलाई सक्दाे सहयाेग गर्ने गर्न थालेँ । गुगलमा खोजी गरेर पुस्तकहरू अनलाईन अध्ययन गरेँ। । केही हप्तापछि हजुरआमा अलि बिरामी परेको खबर आयाे । त्यसैले हामी गाउँमा गयौँ । मैले गाउँमा डाटा र मेरो बुबाको साथीको स्कूलको कम्प्युटरको सहयोगमा अनलाईन कक्षा लिएँ। गाउँमा बसेको एक महिनापछि, हामी काठमाडौं फर्क्यौं। हामी फर्किएपछि मैले मेरा आमाबाबुलाई घरको काममा सघाएँ र अनलाईन कक्षा पनि लिएँ । केही महिनापछि स्कूल र कलेज खुल्न सुरु भयो। l फाल्गुनमा हाम्रो स्कूल पनि खोलियो म अत्यन्त उत्साहित थिएँ। लकडाउनको कारणले गर्दा  मैले गृहकार्य गर्न, इमेलहरू लेख्न  र  अनलाइन काम गर्ने सिकेँ । यो लकडाउन एकदम रमाइलो थियो र यसले मलाई ज्ञान दियो।
 


Read More
म र मेराे गाउँ
- Sangay Sherpa - 30030, Grade ... 12 January, 2022

नमस्कार, मेराे नाम साङ्गे शेर्पा हाे। म १० वर्षकाे भएँ। म कक्षा ४ मा सिफल स्कुलमा पढ्छु।  आज म मेराे गाउँकाे बारेमा लेख्न गइरहेकाे छु। 
मेराे गाउँ ताप्लेजुङ जिल्लामा पर्छ । मेराे घर ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङबाट ६ घण्टा हिँड्नुपर्छ। अनि मेरा चारजना दाइहरू हुनुहुन्छ। अनि मेरी एउटी दिदी र एकजना बहिनी छिन्। मेरा हजुरबुबा र मेरा एकजना काका पनि गाउँमा बस्नुहुन्छ। अनि मेराे गाउँमा ठुलाठुला जङ्गलहरू छन्। अनि मेराे गाउँबाट अग्लाअग्ला पहाड र हिमाल प्रष्ट देखिन्छन्। प्राकृतिक रूपमा असाध्यै धनी ताप्लेजुङकाे ओलाङ्चुङ्गाेलामा सधैँ बगिरहने पहिराेले बस्ती नै धरापमा परेकाे छ। मलाई मेराे गाउँ मन पर्छ। 
 


Read More
लुम्बिनी
- Pratik Poudel - 29022, Grade ... 12 January, 2022

हाम्राे देश नेपालकाे प्रसिद्ध बाैद्धिक तीर्थस्थल  र पर्यटकीय स्थलहरू मध्ये  लुम्बिनी पनि एक हाे । लुम्बिनी पश्चिम नेपालकाे रुपन्देही जिल्लामा पर्छ । भगवान बुद्धकाे जन्मठाउँ भएकाले धार्मिक रूपमा विश्वप्रसिद्ध छ भने शाक्यवंशकाे ऐतिहासिक गाथा पनि त्यहाँ छ । 
यहाँ विश्वभरिबाट धेरै पर्यटकहरू आउने गर्दछन् । याे ठाउँ चैत्य र गुम्बाहरूले भरिएकाे छ । लुम्बिनी भैरहवाबाट पश्चिममा पर्छ । भगवान बुद्धकी आमा मायादेवी कपिलवस्तुबाट देवदह माइत जाँदा लुम्बिनी पुगेपछि बुद्ध जन्मिएका थिए । ठिक त्यही ठाउँमा मायादेवी मन्दिर छ । यस मन्दिर परिसरमा अशाेक स्तम्भ पनि छ । मन्दिरकाे दक्षिणतर्फ ठुलाे पिपलकाे बाेट र त्यसकाे छेउमा पाेखरी छ । त्यस क्षेत्रमा विभिन्न देशहरूले बनाएका ठुलाठुला मन्दिर, गुम्बा, विहार र चैत्यहरू छन्। गाैतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । जसरी सगरमाथाले हामीलाई विश्वसामु चिनाएकाे छ ठिक त्यसैगरी भगवान बुद्ध र लुम्बिनीले पनि नेपाललाई विश्वसामु चिनाएकाे छ । 
 


Read More
Christmas
- Agraj Rijal - 29004, Grade V ... 12 January, 2022

Christmas is celebrated every year worldwide on December 25 to commemorate the birth of Jesus Christ. It is a Christian celebration. It is one of the most celebrated festivals in the world, and people all over the world make many preparations a few days before the actual event. People buy Christmas trees and other decorative items such as lanterns, gifts, flowers etc for decoration. A few days before Christmas, people decorate the Christmas tree with decorative items. 
Christmas is a time when people bring their families, friends, and spend time with them. They bake cakes, cupcakes, prepare dinner and share gifts. And the big celebration begins on December 24, which is known as Christmas Eve.
On the first day of the event or the day before Christmas, people dress like Santa Clause, and the distribution of gifts is often seen on the day. People visit the church and pray to the Lord Jesus to seek blessing for happiness and prosperity. Christmas is very popular among children and they really enjoy it as they wear Christmas hats and Christmas costumes and share the gift with their friends. The children go to bed early that day hoping Santa will give them presents. They also keep cookies and milk near their bed for Santa Clause. And the next day children enjoy their gift by Santa Clause, which was actually from their parents. The elders celebrate the day with friends and family members, and enjoy the day with food and music.
 


Read More
दसैँको यात्रा पहिलाे दिन
- Sambid Dhakal - 30028, Grade ... 10 January, 2022

२०७७ सालकाे दसैँमा  हामी आफ्नो गाउँ जान पाएका थिएनौँ । तर २०७८ सालकाे दसैँमा  हामीले जाने अवसर पायाैँ । हाम्रो पनि गाउँ जाने योजना पहिलेदेखि बनेको थियो। मेरो बाबा र काका मिलेर गाडिकाे व्यवस्था गर्नुभएको थियो। 
हामीले असोज २५गते जाने मिति तोक्याैँ । त्यस दिन  हिड्ने बेलामा हामीले स्याउ खायौँ । गाडीमा हामी ८जना  थियौँ गाडीमा हामी  बाबा, मामु, काका, काकी , म  र  जुम्ल्याहा बहिनीहरू थियाैँ ।  करिब एक घण्टापछि हामी थानकोट पुग्यौं थानकोटमा धेरै लामो जाम भयो । २०, ३० मिनेटपछि जाम बल्ल खुल्यो। सबैजना  मिठा-मिठा  कुरा गरिरहनुभएको थियो।  तर म भने  हरियाली दृश्य  हेर्नमा मस्त थिए । चारैतिर जङ्गल थियो। जङ्गलमा हरियाली रुखहरू थिए ।  मलाई  झ्यालमा बस्न मन  थियो तर मेरी दिदी म झ्यालमा  बस्छु तिमी बिचमा बस भन्नुभयो। तर मलाई  झ्यालमा बस्न मन थियो त्यसैले म मेरी दिदीकाे काखमा बसेँ र फेरी रमणीय दृश्यहरू  हेर्नतिर लागे। हामीले बाटामा आलु चिप्स, बिस्कुट , चना र पानी खायाैँ। बाटोमा यस्तै-यस्तै हरियाली दृष्यहरूको अवलोकन गर्दै रम्दै दङ्ग पर्दै करिब पाँच बजेतिर म स्याङ्जास्थित मेरो गाउँको घरमा पुगेँ ।

घरमा मेरा साना-साना बहिनीहरू म आएको देखेर खुसीले उफ्रिँदै दङ्ग पर्दै  म भएतिरै आए ।  मैले मेरा सानासाना बहिनीहरूलाई चकलेट बिस्कुट दिएँ र यो दिनभन्दा अगाडि मेरो जन्मदिन पनि परेकाले मैले जन्मदिनको चकलेट पनि सबैलाई बाँडेँ र केही समय उनीहरूसँग खेल्दै सबैजनालाई नमस्ते, नमस्कार गर्दै समय  बिताएँ । केही थकाई लागेको कारणले खाना खाएर म सुतेँ । काेराेनाका कारण धेरै समयकाे अन्तरालमा आफ्नाे रमाइलाे गाउँ आउँदा मेराे मनमा आनन्द भयाे । म खुसीले फुरुङ्ग थिएँ ।
 


Read More