Logo

Student Corner

डियरवाक फिष्ट

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 14 January, 2022

मङ्सिर ५ गते आइतबार हाम्रो विद्यालयले डियरवाक फिष्ट सम्पन्न गर्यो । हामीले फिष्टमा आउनु अघि अनलाइन फारम भर्नु आवश्यक थियो। हामीले कति मोमो र पानीपुरी खान चाहन्छौं त्यो फारममा भर्नुपर्यो। हामीसँग को आउँदै हुनुहुन्छ भनेर पनि त्यसमा भर्नुपर्थ्याे। डियरवाक फिष्ट डियरवाक कलेजमा भयो । डियरवाक फिष्ट बिहान १०ः०० बजे सुरु भएर बेलुका ४ः००  बजे सकियो । डायरवाक फिष्टमा त्यहाँ फुटबल, डार्ट जस्ता रोचक खेलहरू थिए। डियरवाक फिष्ट मा धेरै मानिसहरु आएका थिए । मैले  त्यहाँ मेरा धेरै साथीहरु भेटेँ । मैले मेरा धेरै शिक्षकहरूलाई पनि देखेँ । मैले मेरो साथीहरुसँग धेरै कुराहरु खेलेँ ।  जित्ने मानिसले एउटा डायरी पाउँथ्यो । मैले तीनवटा डियरवाक डायरी  पाए । मोमो र पानीपुरीको स्टल दिउँसो २ बजेदेखि खुल्यो । मोमो र पानीपुरी स्टलमा मानिसको भीड थियो । रमाइलाे गरेर, खेलहरू खेलेर, मिठामिठा खानेकुरा खाएर हामी फर्कियाैँ ।