Logo

Student Corner

लुम्बिनी

Written by: Pratik Poudel - 29022, Grade V

Posted on: 12 January, 2022

हाम्राे देश नेपालकाे प्रसिद्ध बाैद्धिक तीर्थस्थल  र पर्यटकीय स्थलहरू मध्ये  लुम्बिनी पनि एक हाे । लुम्बिनी पश्चिम नेपालकाे रुपन्देही जिल्लामा पर्छ । भगवान बुद्धकाे जन्मठाउँ भएकाले धार्मिक रूपमा विश्वप्रसिद्ध छ भने शाक्यवंशकाे ऐतिहासिक गाथा पनि त्यहाँ छ । 
यहाँ विश्वभरिबाट धेरै पर्यटकहरू आउने गर्दछन् । याे ठाउँ चैत्य र गुम्बाहरूले भरिएकाे छ । लुम्बिनी भैरहवाबाट पश्चिममा पर्छ । भगवान बुद्धकी आमा मायादेवी कपिलवस्तुबाट देवदह माइत जाँदा लुम्बिनी पुगेपछि बुद्ध जन्मिएका थिए । ठिक त्यही ठाउँमा मायादेवी मन्दिर छ । यस मन्दिर परिसरमा अशाेक स्तम्भ पनि छ । मन्दिरकाे दक्षिणतर्फ ठुलाे पिपलकाे बाेट र त्यसकाे छेउमा पाेखरी छ । त्यस क्षेत्रमा विभिन्न देशहरूले बनाएका ठुलाठुला मन्दिर, गुम्बा, विहार र चैत्यहरू छन्। गाैतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । जसरी सगरमाथाले हामीलाई विश्वसामु चिनाएकाे छ ठिक त्यसैगरी भगवान बुद्ध र लुम्बिनीले पनि नेपाललाई विश्वसामु चिनाएकाे छ ।