Logo

Student Corner

मेरो कोरोना अनुभव

Written by: Rushka Sapkota - 29024, Grade V

Posted on: 13 January, 2022

फागुनकाे महिना  थियाे । मेरा साथीहरूले विद्यालमा र कक्षाकाेठामा माक्स लगाउन थाले । हाम्री कक्षा शिक्षिकाले हामीलाई चिनमा नयाँ भाइरस आएकाे कारणले  हामीलाई स्वास्थ्यसम्बन्धी सचेत हुन भन्नुभयाे ।

चैतमा हुने परीक्षा फागुनमा नै भयाे । परीक्षा भएपछि विद्यालयहरू बन्द भए ।  हामीले डियरवाक सिफल नाइटकाे लागि राम्राे तयारी गरेका थियाैँ ।  त्याे कार्यक्रम पनि  रद्द भयाे । कार्यक्रम रद्द हुँदा निकै नरमाइलाे लाग्याे । त्यसपछि त झन नेपाल सरकारले लकडाउन गर्‍याे । पसल, यातायात, कार्यालयलगायत सम्पूर्ण संस्थाहरू बन्द भए । बाहिरी वातावरण सुनसान हुन थाल्याे । देश विदेशमा मान्छेहरू बिरामी भएका र मरेका समाचार आउन थाले । परीक्षा सकेर विद्यालय बिदा भएकाे खुसीमा रमाएका र खेलेका हामी बालबालिकाहरूकाे खुसीमा छिटै कालाे बादल लाग्याे ।  मेराे जन्मदिन आएकाे थियाे । नजिकैकाे मन्दिरमा गएर  पूजा गरी मैले जन्मदिन मनाएँ तर पहिलेजस्ताे रमाइलाेसँग मनाउन पाइनँ ।हामी बाहिर खेल्न घुम्न पाएनाैँ । हाम्राे विद्यालयले वैशाख १५ देखि अनलाईन कक्षाकाे सुरुवात गर्‍याे ।म मेरा साथीहरूलाई भेट्न उत्साहित भएँ ।  अनलाईन कक्षा सुरु भएपछि मैले कक्षा लिन सुरु गरेँ तर अनलाईन कक्षामा निकै समस्या भाेग्नुपर्‍याे । कहिले इन्टरनेट जाने, कहिले बत्ती जाने, कहिले शिक्षक बाेलेकाे नसुनिनेजस्ता समस्याले साेचेजस्ताे भएन ।

मैले त्यस समयमा आफ्नाे गृहकार्य गर्ने आफ्ना अभिभावकलाई सक्दाे सहयाेग गर्ने गर्न थालेँ । गुगलमा खोजी गरेर पुस्तकहरू अनलाईन अध्ययन गरेँ। । केही हप्तापछि हजुरआमा अलि बिरामी परेको खबर आयाे । त्यसैले हामी गाउँमा गयौँ । मैले गाउँमा डाटा र मेरो बुबाको साथीको स्कूलको कम्प्युटरको सहयोगमा अनलाईन कक्षा लिएँ। गाउँमा बसेको एक महिनापछि, हामी काठमाडौं फर्क्यौं। हामी फर्किएपछि मैले मेरा आमाबाबुलाई घरको काममा सघाएँ र अनलाईन कक्षा पनि लिएँ । केही महिनापछि स्कूल र कलेज खुल्न सुरु भयो। l फाल्गुनमा हाम्रो स्कूल पनि खोलियो म अत्यन्त उत्साहित थिएँ। लकडाउनको कारणले गर्दा  मैले गृहकार्य गर्न, इमेलहरू लेख्न  र  अनलाइन काम गर्ने सिकेँ । यो लकडाउन एकदम रमाइलो थियो र यसले मलाई ज्ञान दियो।