Logo

Student Corner

Articles

मेराे विद्यालय
- Sambhavya Pandey - 30027, Gra ... 19 January, 2022

मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो l मेरो विद्यालय पशुपति नजिकै सिफलमा छ । मेरो विद्यालयमा कक्षा १ देखी १२ सम्म पढाइ  हुन्छ । यो ठुलाे छ । मेरो विद्यालयमा फूलबारी छ ।   वरिपरि रुखहरु पनि छन् । बास्केटबल खेल्ने ठाँउ छ,  अरु खेलहरु खेल्न ठाँउ पनि छन् । हाम्रो विद्यालयमा पढ्इको साथै अरु धेरै क्रियाकलाप हरु हुन्छन् ।  जस्तैः योगा, चित्रकला, ड्रामा, तैक्वान्दाे आदि । मेरो विद्यालयमा संस्कृत पनि पढाइ हुन्छ । यहाँ  धेरै  शिक्षक र शिक्षिका हुनुहुन्छ ।सबै शिक्षक र शिक्षिकाहरू अनुभवी हुनुहुन्छ । सबैले माया गरेर पढाउनुहुन्छ । विद्यालय बन्द भएकाे बेलामा हामीलाई चाँडै खुले हुन्थ्या झैँ लाग्छ ।  हाम्रो  विद्यालयमा   कक्षाकोठाहरुको  नाम हिमालहरुकै नामबाट राखीएको छ ।  जस्तै सगरमाथा, मनास्लु,माछापुच्छ्रे , अन्नपूर्ण , लाङटाङ , मकालु  ,धवलागिरी, चाेयु, कञ्नजङ्घा,लोस्से आदि । म   कक्षा ४ मा पढछु  । मेरो कक्षाकोठा नाम लाङटाङ हो। मेरो  विद्यालय धेरै रमाइलो छ । मलाई  असाध्यै मन पर्छ ।


Read More
कथा
- Sambhabya Pandey - 30027, Gra ... 18 January, 2022

कथा एउटा सबैले पढ्न सकिने रमाइलाे अनि एक पटकमा नै पढेर सकिने लेख हाे । कथा सुन्न र पढ्न सकिन्छ । मैले मेरा हजुरबुबा र हजुरमुमाबाट धेरै कथाहरू सुनेकाे छु । कथाहरू कति धेरै प्रकारका हुन्छन् । कुनै सामाजिक , कुनै इतिहासका बारेमा लेखिएका अनि कुनै पुराणबाट निकालिएका आदि । त्यसैगरी कुनै राजाका कथा,कुनै गाउँका कथा, कुनै जनावरका कथा त कुनै राक्षसका कथा अनि कुनै साधारण मान्छेहरूकाे कथा इत्यादि । 
धेरै कथाहरू काल्पनिक हुन्छन् भने कुनै कथाहरू वास्तविक पनि हुन्छन् । कथाहरूबाट हामीहरूले धेरै नैतिक कुराहरू सिक्छाैँ । कथामा पनि ज्ञानका कुराहरू धेरै हुन्छन् । कुनै कथाहरू धार्मिक पनि हुन्छन् । कथामा राम्रा र नराम्रा कुराहरू दुवै हुन्छन् । हामीले नराम्रा कुराहरू छाेडेर राम्रा कुराहरू मात्र लिनुपर्छ । कथा सुन्दा र पढ्दा त्यसपछि के हाेला भन्ने उत्सुकताले सबै कथा सक्न प्रेरित गर्छ त्यसैले मलाई कथा साह्रै मन पर्छ । 
 


Read More
वातावरण
- Subhaya Shrestha - 29035, Gra ... 18 January, 2022

हाम्राे वरपर रहेका हावा, पानी, भूमि, रूख, पन्छी वा सम्पूर्ण सजीव र निर्जीव वस्तुहरूकाे समग्र रूपलाई वातावरण भनिन्छ । वातावरणमा भर परेर बाँच्ने सम्पूर्ण जीवजन्तुहरूलाई यसमा थाेरै मात्र तलमाथि पर्नाले ठुलै असर पार्दछ । मानिस विवेकशील प्राणी हाे तर अहिले मानिसहरूकै कारणले वातावरणमा नराम्राे असर पारिरहेकाे छ । रूखविरूवा काट्ने, वातावरण दूषित पार्ने , खेतीयाेग्य जमिनमा घर बनाउने, खेतमा युरिया र किटनाशक औषधीकाे प्रयाेग गर्ने काम तीब्र गतिमा भएकाे छ । यसले वातावरणमा प्रत्यक्ष्य असर पारेकाे छ । दिनहुँ वनजङ्गल फडानी भएका कारण कतिपय जीवजन्तु र पशुपन्छी लाेप हुने अवस्थामा पुगेका छन् । यी सबै कार्यले वातावरणलाई नराम्राे असर पारेकाे छ । 
यसरी वातावरण विनाश हुनबाट राेक्नका लागि मानिस आफैँ सचेत हुनुपर्छ र आजैबाट वातावरण जाेगाउन कम्मर कस्नुपर्छ । 


Read More
मेराे सिरानी
- Aadhya Shri Poudel - 30001, G ... 17 January, 2022

मेराे नाम सरिज्ञा हाे । म एउटा सिरानी हुँ । मेराे ठुलाे परिवार छ । अनगिन्ति कपासका कणहरू मेरा परिवार हुन् । मेरा धेरै भाइबहिनीहरू छन् । ती सबै अर्का सिरानीमा बस्छन् । मेरा आफन्तहरू पनि अर्काे सिरानीमा बस्छन् । मलाई  मेरा छिमेकीहरू पनि असाध्यै मन पर्दथ्याे । 
एकदिनकाे कुरा हाे , हाम्रा छिमेकी साथीहरू सिरानी साह्राे भयाे भनेर मालिकले फालिदिनुभयाे । त्यसपछि हामी सबै जना दुःखी भयाैँ । मालिकलाई  हामीहरूलाई  सुकाएर पिटेपछि नयाँ जस्तै बन्छाैँ भन्ने कुरा थाहा नै रहेनछ । अनि नया साथी सिरानी लिएर आउनुभयाे । एकदिन मालिककाे घरमा धेरै जना पाहुना आउनुभयाे । सबैजनालाई  सुत्ने बेलामा सिरानी पुगेन । मालिक्नीले मैले पुराना सिरानी नफाल्नु भन्दाभन्दै फालिदिनुभयाे, अब कसरि पुर्याउनु मैले ? भन्दै मालिकसँग दुःख पाेखिन् । याे कुरा घरमा आएका पाहुनाले पनि सुने । तीमध्ये एक जनाले मालिकलाई  सम्झाए र भने , हेर्नुहाेस घरमा पुराना सामान भए भन्दैमा यसरी फालिहाल्नु हुँदैन , बरू कसरी मर्मत गरेर चलाउने भन्ने साेँच्नुपर्छ । यदि मर्मत गरेर काम चलायाैँ भने नयाँ जति महङ्गाे पनि हुँदैन फेरि नयाँ जति नै काम दिने गर्छ । यति कुरा सुनेपछि मालिकलाई  सिरानी फालेकामा पछुताे लाग्याे अनि अब कहिल्यै सामान पुराना भए भन्दैमा नफाल्ने र फेरि मर्मत गरी नयाँ बनाएर प्रयाेग गर्ने छु भने । याे सुनेर अब हामी सबै साथीहरू र आफन्त कहिल्यै छुट्न नपर्ने भयाे भनेर खुसी भयाैँ । त्यस दिन चाहिँ हामी एउटा सिरानीमा दुई जनाका दरले प्रयाेग गर्नुभयाे तर पनि हामी दुःखी भएनाैँ । 
 


Read More
प्राकृतिक प्रकोप
- Agraj Rijal - 29004, Grade V ... 17 January, 2022

ती आकस्मिक घटनाहरू जुन अप्रत्याशित हुन्छन् र जुन स्वाभाविक रूपमा आउँछन् तिनीहरूलाई प्राकृतिक प्रकोप भनिन्छ। बाढी, पहिरो, भूकम्प, हावाहुरी आदि प्राकृतिक प्रकोपका उदाहरण हुन् ।
नदी, ताल, खोलाबाट पानीको बहावलाई बाढी भनिन्छ। बाढी वन फँडानी, भारी वर्षा हिमतालको प्रकोप आदिका कारण हुन्छ।  वृक्षारोपण गरेर बाढी न्यूनीकरण गर्न सकिन्छ । भूस्खलन एक प्राकृतिक घटना हो जसमा माटो, चट्टानहरू तल झर्छन्।  पहिरो मुख्यतया पहाडमा हुने गर्छ । पहिरोले हरेक वर्ष जीवन र सम्पत्ति नष्ट गर्दछ। लगातारको वर्षा र भूकम्प पहिरोको कारण हुन् । पहिरोले माटोको उर्वराशक्ति हटाउँछ। पहिरोले जल प्रदूषण पनि निम्त्याउँछ र धेरै पानीका जनावरहरूलाई मार्छ। हावा वा पानीको माध्यमबाट माटोका कणहरू एक ठाउँबाट अर्को ठाउँमा सार्ने प्रक्रियालाई माटोको इरोइसन भनिन्छ।
पहिरो, बाढी, माटो क्षरणका कारण हुन् । माटोको क्षरणले हावा र पानीलाई प्रदूषित गर्छ।
 


Read More