Logo

Student Corner

म र मेराे गाउँ

Written by: Sangay Sherpa - 30030, Grade IV

Posted on: 12 January, 2022

नमस्कार, मेराे नाम साङ्गे शेर्पा हाे। म १० वर्षकाे भएँ। म कक्षा ४ मा सिफल स्कुलमा पढ्छु।  आज म मेराे गाउँकाे बारेमा लेख्न गइरहेकाे छु। 
मेराे गाउँ ताप्लेजुङ जिल्लामा पर्छ । मेराे घर ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङबाट ६ घण्टा हिँड्नुपर्छ। अनि मेरा चारजना दाइहरू हुनुहुन्छ। अनि मेरी एउटी दिदी र एकजना बहिनी छिन्। मेरा हजुरबुबा र मेरा एकजना काका पनि गाउँमा बस्नुहुन्छ। अनि मेराे गाउँमा ठुलाठुला जङ्गलहरू छन्। अनि मेराे गाउँबाट अग्लाअग्ला पहाड र हिमाल प्रष्ट देखिन्छन्। प्राकृतिक रूपमा असाध्यै धनी ताप्लेजुङकाे ओलाङ्चुङ्गाेलामा सधैँ बगिरहने पहिराेले बस्ती नै धरापमा परेकाे छ। मलाई मेराे गाउँ मन पर्छ।