Logo

Student Corner

माघे सक्रान्ति

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 14 January, 2022

माघ महिनाको १ गतेलाई  माघे सक्रान्ति भनिन्छ ।यसलाई मकर सङ्क्रान्ती पनि भनिन्छ । यो बर्ष यही आउदो शनिबार परेको  छ । मलाई  तिलको लडु  धेरैमन पर्छ । त्यसैले मलाई यो माघे सक्रान्ति एकदम मन पर्छ ।यो  दिन घीउ चाकु तीलको लडू खानि चलन छ । यस दिन तरुल सखरखण्ड  पनि खानि चलन छ ।  तरुल, सखरखण्ड तीलको लड्डू अघिल्लो दिन नै बनाएर भोलिपल्ट खानि चलन छ । यस दिन खिचडी पनि खाने चलन छ । खिचडी  कालोदाल र चामल सँगै मिसाएर बनाइछ अनि यसलाई घिउ राखेर खानुपर्छ । यस  दिन  तीर्थस्थल देवघाटमा ठुलो मेला लाग्छ । यसदिन देवघाटमा देश भरिका मानिसहरु  स्नान गर्न जान्छन् । यो दिन थारू समुदायको ठुलो चाड पनि हो । उनीहरुले यस दिनलाई माघी पर्वको  रुपमा धुमधाम सँघ मनाउँछन । थारू समुदायले मिठामिठा  परिकार खाएर नाच गान गरेर मनाउछन ।