Logo

Student Corner

Articles

पहिलाे पटक फनपार्क जाँदा
- Sumedha Adhikari - 29036, Gra ... 26 January, 2022

फनपार्क काठमाडाैँकाे भृकुटीमण्डपमा छ ।  म कक्षा एकमा पढ्दा पहिलाे पटक फनपार्क गएकी थिएँ । म मेरी मामुसँग त्यहाँ गएकि थिएँ । बिहानकाे खाना खाएपछि हामी फनपार्कतिर लाग्याैँ । त्यहाँ पुगेपछि त्यहाँकाे रमाइलाे देखेर, खेलाैना देखेर म साह्रै रमाएँ । मलाई त्यहाँका सबै खेल्नेकुराहरू खेल्न पाए हुने भन्ने लाग्याे र आमालाई भनेँ । हामी खेल्न भनेर जब पिङतिर गयाैँ, त्यहाँ त पहिला टिकट काटेपछि पाे खेल्न पाइने रहेछ ।  हामी टिकटघर पुग्याैँ । त्यहाँ विभिन्न खेलकाे प्याकेज एकैपटक किनेमा एउटा खेल सित्तैमा खेल्न पाइने रहेछ । बच्चाले खेल्ने खेल र ठुला मानिसले खेल्ने खेल फरकफरक हुँदा रहेछन् । प्याकेजमा टिकट काटेर म सबै खेल खेलेँ । खेलेर सकेर मैले त्यही नजिकै रहेकाे हाेटलमा मःमः र पानीपुरी खाएँ । मलाई यस्ताे रमाइलाे ठाउँमा सधैँ बस्न पाए,खेल्न पाए पनि हुने जस्ताे लागिरहेकाे थियाे । त्याे त सम्भव हुने कुरा भएन । त्याे दिनभरि आफू खेलेपछि अरू खेलेकाे पनि हेरेर निकै रमाएँ । काेहीकाेही त खेल्न निकै डराउँदा पनि रहेछन् । तर मलाई त डर कत्ति पनि लागेन । हामी दिनभरिकाे रमाइलाे मनमा साँचेर घर फर्कियाैँ । 


Read More
अनुशासन
- Siddhartha Chaulagain - 30033 ... 26 January, 2022

अनुशासनले हाम्रो जीवनमा एक महत्वपूर्ण भूमिका निभाएको हुन्छ। अनुशासन भन्नाले आफ्नो काम समयमा गर्नु , नियमको पालन गर्नु ,सानालाई माया र ठुलालाई आदर सत्कार गर्नु 
भन्ने बुझिन्छ।

अनुशासन सबै क्षेत्रमा उतिकै महत्वपूर्ण हुन्छ। जसरी एउटा विद्यार्थी स्कुल जानु अघि आफ्नो सफा कपडा  ,आफ्नो झोला ,किताब कापी,बोकेर जान्छ र स्कूल भित्र प्रवेश गरिसके पछि स्कूलको पढाइ , स्कुलको नीतिनियमको पालन गर्दछ ।अनुशासन भन्ने कुरा  घर परिवार ,स्कूल देखि लिएर  अन्य ठाँउ बाट पनि सिक्न सकिन्छ। अनुशासनले मानिसलाई सही मार्ग दर्शन गराउँदछ। हामीले अनुशासनको पालन गरेमा आन्तरिक तथा वाह्य रूपमा धेरै  फाइदा हुन्छ । अनुशासन भित्र थुप्रै कामहरु पनि पर्ने गर्दछः जस्तै समयमा उठ्नु, समयमा घरको काम गर्नु ,  आफ्नो सामानको जतन गर्नु , सबै सँग मिलेर बस्नु भन्ने बुझिन्छ। अनुशासनले हामीलाई आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्दछ भने सही र गलत के हो? भनेर छुट्याउन पनि ठुलाे मद्दत गर्दछ।। अनुशासनले मानिसलाई माया प्रेमको भावना प्रस्फुटन गराउँछ, आदर सत्कार गर्न सिकाउँदछ, इमान्दार, आत्मा निर्भरतका साथै एउटा सफल भविस्यको पनि निर्माण पनि गराउँदछ। अनुशासनले सामाजिक , मानसिक र शरिरिकरुमा पनि स्वास्थ्य बनाउँछ। यदि हामीले अरुलाई माया नगर्ने , सम्मान नगर्ने ,भनेको कुरा नमान्ने गरेमा त्यस्तो अवस्थामा कसैले पनि हामीलाई आदर,सम्मान गर्दैन र सफलता हासिल गर्न सकिदैन। त्यसैले हामी अनुशासनको पालन सधैं सबै ठाउँमा गर्नुपर्दछ। अनुशासन को पालन गरेमात्र हामी हाम्रो लक्ष्यमा पुग्न सकिन्छ अनि सबैको लागि असल मान्छे बन्न सकिन्छ।

त्यसैले अनुशासित बन्नु हामी सबैको लागि अनिवार्य आश्यकता बनेको छ। अनुशासनले नै जीवनमा सफतापूर्वक बाँच्न सिकाउँछ ।


Read More
माैलाकाली मन्दिरकाे दर्शन
- Eva Adhikari - 29012, Grade V ... 25 January, 2022

बिहान म ६ बजे उठेँ । मेरा बुबा,आमा,हजुरबुबा,हजुरआमा र दाजुहरूसहित म खाजा खाएर लुगा लगायाैँ र कारमा चढ्याैँ । माैलाकाली मन्दिर गैँडाकाेट नजिकै छ । माैलाकाली मन्दिर पुग्न धेरै सिँढीहरू चढ्नुपर्ने रहेछ । म र दादाहरू अघि अघि हिँड्याैँ । आमाबुबाहरूलाई हामीलाई भेट्न निकै गाह्राे भइरहरेकाे थियाे । हामी धेरै नै अगाडि पुगिसकेछाैँ । पछि फाेन गरेर पर्खिन भनेपछि मात्र हामी राेकियाैँ। हामीहरूलाई हिँड्न निकै रमाइलाे लागिरहेकाे थियाे अनि अलिअलि थकाइ पनि । रमाइलाेका अगाडि थकाइले जित्न सकेन । आमाबुबा , हजुरबुबा र हजुरआमा आइसकेपछि हामी फेरी सँगै हिँड्याैँ । 
बाटामा बाँदरहरूकाे झुण्ड थियाे । मलाई डर लागिरहेकाे थियाे । हामी करिब १० बजे माैलाकाली मन्दिर पुग्याैँ र दर्शन गर्याैँ । त्यहाँ पुगेर दर्शन गरेर मागेकाे कामना पूरा हुन्छ भन्ने जनविश्वास रहेकाे त्यहाँका स्थानीयले बताए । माैलाकाली मन्दिरबाट ११ बजे फर्कियाैँ र घरतिर लाग्याैँ । 
 


Read More
नक्सा
- Ananya Bhurtel - 29042, Grade ... 24 January, 2022

नक्सा भनेको पृथ्वीको समतल चित्र हो। यो कागज वा कपडामा बनाइन्छ। हामी नक्सामा एकै समयमा सम्पूर्ण संसार देख्न सक्छौँ। हामीले पानी र जमिनको जनसङ्ख्याले ढाकिएको संसारका क्षेत्रहरू जान्न सक्छाैँ। हामी नक्सामा देशहरू, राजधानीहरू, नदीहरू, तालहरू र हिमालहरू देख्न सक्छाैँ। यसबाहेक, हामी प्रसिद्ध ठाउँहरू, राजमार्गहरू, रेलवे, कृषि जग्गा आदि देख्न सक्छाैँ। नक्सा दुई प्रकारका हुन्छन् । ति हुन्ः भौतिक नक्सा र राजनीतिक नक्सा। भौतिक नक्साले पहाड, पहाड, नदी, ताल, कुनै ठाउँको उचाइ आदि भौतिक वस्तुहरू देखाउँछ भने राजनीतिक नक्साले देशको सिमाना, राजधानी, सहर र राजमार्गहरू देखाउँछ। ग्लोब पृथ्वीको सानो नमूना हो। यसले पृथ्वीको आकार देखाउँछ। हामी बसेको पृथ्वी पनि गोलो छ। वास्तविक पृथ्वी जस्तैः जमिन र पानी  संसारमा देखाइएको छ। हामी यो पनि देख्न सक्छाैँ कि कसरी दिन र रात पृथ्वीमा हुन्छ। विश्व र नक्सामा विभिन्न रङहरू प्रयोग गरिन्छ। पानीका लागि नीलो, समतल जमिनका लागि हरियो र पहाडका लागि पहेँलो र उच्च पहाडका लागि खैरो रङ हो । संसारमा सात महादेश र पाँच महासागर छन्। एशिया सबैभन्दा ठुलाे र अष्ट्रेलिया सबैभन्दा सानो महादेश हो। हामी एसिया महादेशमा बस्छौं।
 


Read More